पुस ६ देखि १२ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

247
SHARES
1.4k
VIEWS

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ : साझेदारीमा अलि सावधान रहनुपर्ला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पनि दुःख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। आस मारेको प्रतिफल प्राप्त भए पनि सुनिश्चित काम रोकिने समय रहेकाले सजग रहनुहोला। प्रारम्भमा विभिन्न स्रोतहरू प्राप्त भए पनि आक्षेप लगाउनेहरूले सताउन सक्छन्। गोपनीयता बाहिरिनाले आत्मसम्मानमा प्रश्न उठ्न सक्छ। तापनि मिहिनेत गर्दा आँटेको काम सम्पादन हुनेछ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो : मंगलवारदेखि परिस्थिति केही असहज बन्न सक्छ। अरूको बहकाउमा परिनाले काम बिग्रने सम्भावना छ। भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्न सक्छ। तापनि प्रत्यत्न गर्दा मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। अन्य सहयोगीहरूले पनि साथ दिनेछन्। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट भने अलि सजग रहनुपर्ला।इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह: बलभन्दा बुद्धिले काम लिनुहोला, सप्ताहान्तमा घरायसी समस्या सुल्झाउन सकिनेछ। प्रारम्भमा आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मंगलवारदेखि आलोचकहरूदेखि सावधान रहनुपर्नेछ। बोली तथा हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिएला। खर्च लागे पनि नयाँ अवसर भने प्राप्त हुनेछ। अर्थलाभ नभए पनि बौद्धिक उन्नति हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो : प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। स्राेत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। तर स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आलोचकहरू तथा विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सप्ताहान्तमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे : प्रारम्भमा रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। मिहिनेतले नाम र दाम दिलाउनेछ। दिगो फाइदा हुने काम सुरु गर्ने समय छ। मंगलवारदेखि परिस्थितिवश हातबाट रकम बाहिरिन सक्छ। बलजफ्ती गर्ने बानीले काममा समस्या पर्नेछ। टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर दिलाउनेछ। तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अवसर आए पनि व्यवहारमा सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो : मंगलवारदेखि आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। बिहीवारपछि सरसापटमा धन बाहिरिने सम्भावना देखिए पनि पछिका लागि लगानी गर्ने मौका जुट्नेछ। सप्ताहान्तमा भोजभतेरको निम्तो प्राप्त हुनेछ। स्वास्थ्यका लागि खानपानमा भने सजग रहनुहोला। प्रारम्भमा व्यापार तथा नोकरीमा केही समस्या देखिएकाले सजग रहनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि पछि लाभ हुने काम गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते: लगनशीलताले दाम र प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ। व्यवसायमा राम्रै आम्दानी हुनेछ। सप्ताहान्तमा भने फजुल खर्च बढ्नाले केही समस्या देखापर्न सक्छ। प्रारम्भमा सामाजिक क्षेत्रबाट हौसला प्राप्त हुनेछ। प्रतिष्ठित काम हातपार्न सफल भइनेछ। तर वादविवादमा परिनाले आफ्ना कमजोरीप्रति गुनासो बढ्नेछ। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। तापनि साताभरि विभिन्न अवसर प्राप्त हुनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु: सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। काममा सामान्य चुनौती देखिए पनि बिस्तारै लक्ष्यमा पुग्न सफल भइनेछ। आयआर्जन पनि बढ्नेछ।प्रारम्भमा अस्वस्थताका बाबजुद कामको बोझ बढ्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। अरूको स्वार्थमा उपयोग भइएला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसरले उत्साह जगाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे : चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। धार्मिक मनोवृत्ति बढ्नुका साथै जीवनशैलीमा सुधार आउनेछ। प्रियजनसँगको भेटघाटले प्रारम्भमा उत्साह जगाउनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। तर वादविवादले व्यवहारमा समस्या निम्त्याउन सक्छ। मंगलवारदेखि अर्थ अभावले सताउनेछ भने अप्ठ्यारा कामको बोझ थपिन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि: विशेष निम्तो प्राप्त भए पनि यात्रा कष्टपूर्ण र आतिथ्य खर्चिलो हुने सम्भावना छ। झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ। स्वास्थ्य–चिन्ताले पनि सताउनेछ। तापनि प्रयत्न गर्दा असहज परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। धार्मिक र सामाजिक क्रियाकलापमा सहभागी बन्ने मौका आउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द : पहिलेको सफलताले प्रारम्भमा उत्साह जगाउनेछ। अध्ययनमा सफलता प्राप्त हुनेछ भने नयाँ कार्यको थालनी हुन सक्छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। बीचमा स्वास्थ्यचिन्ताले सताउनेछ भने परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि टाढिएका आफन्त नजिकिनाले हर्ष बढ्नेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउन सक्छ। सप्ताहान्तमा आम्दानी भए पनि अप्ठ्यारो चुनौती देखा पर्न सक्छ। प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि : अप्ठ्यारो परिस्थितिमा गरिएको प्रयत्नले फाइदा दिलाउनेछ। तर, आफन्तजन टाढिने र परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। बीचमा ईर्ष्या गर्नेहरूले सताउनेछन्। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। सप्ताहान्तमा नयाँ काम प्रारम्भ हुनेछ। पारिवारिक भेटघाटमा मन रमाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार