कैलाली । कैलालीको धनगढीबाट प्रहरीमाथि जासुसी गर्ने दुई जना पक्राउ परेका छन् । तस्करहरुको तर्फबाट प्रहरीमाथि निरन्तर निगरानी राख्ने गरेको आरोप लागेका धनगढी उपमहानगरपालिका-७ बस्ने बुद्दीराम चौधरी र धनगढी-९ ताराताल घर भएका ३२ वर्षीय पदम पार्की पक्राउ परेका हुन् ।
उनीहरू पक्राउ परेसँगै कैलालीका विभिन्न सीमानाकामा तस्करी गर्नेहरुले प्रहरीमाथि नै निगरानी राख्ने गरेको खुलासा भएको छ ।
शनिवार तस्करहरूका जासुस चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे ।
Discussion about this post