गायक बाबुल गिरीविरुद्ध प्रहरीमा उजुरी

8
SHARES
45
VIEWS

 

काठमाडौँ। गायिका नितु पौडेलको मृत्युका विषयमा आफन्तले प्रहरीमा उजुरी दिएका छन् । शुक्रबार दिउँसो वृत्त सिंहदरबारमा गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी परेको हों ।

मृतकका आफन्तले जाहेरी दिएसँगै गायक गिरीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

कात्तिक १ गते दिउँसो काठमाडौंको अनामनगरस्थित गिरीको कार्यालयमा गायिका पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार आज बिहान ८ बजे उनको मृत्यु भएको थियो । उनको मृत्युपश्चात् गिरी आफैँ प्रहरी कार्यालयमा पुगेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार