निर्धन उत्थान लघुवित्तद्वारा कर्जा बाफतको बिमा रकम हस्तान्तरण

23
SHARES
129
VIEWS

निराजन भण्डारी । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय मंगलसेनले कर्जा बाफतको बिमा रकम हस्तान्तरण गरेको छ । मंगलसेन नगरपालिका वडा नम्बर ७ पैयाकोट महिला समुहकी सदस्य स्वर्गीय कौशिला जैसी ढुंगानाको परिवालाई कर्जा बाफतको बिमा ६ लाख ६३ हजार रकम हस्तान्तरण गरिएको हो ।

संस्थाका शाखा प्रमुख मनु अर्यालले समूह सदस्यहरूको रोहवरमा मृतकका श्रीमान् हरि प्रसाद जैसीलाई हस्तान्तरण गर्नुभएको हो ।उक्त कार्यक्रममा संविधान सभा सदस्य भैरे कामी,वडा अध्यक्ष राज बहादुर शाही,वडा सदस्य गोकर्ण ढुंगाना निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लेखापाल परेक राज संज्याल,सहित समूह सदस्यहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार