कमलबजार ५ मा प्रथम वडा कप भलिबल प्रतियोगिता हुदै

22
SHARES
123
VIEWS

निराजन भण्डारी । अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकामा प्रथम वडा कप भलिबल प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको आयोजनामा हुने उक्त प्रतियोगिता कार्तिक १ देखि सञ्चालन हुने वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिनुभएको छ । बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा आपसी सदभाव,सहिष्णुता,सहभागिता,मित्रता र प्रतिभावको पहिचान भन्ने मुल उदेश्यका साथ वडा ५ अन्तर्गत रहेको सम्पुर्ण टोल भित्रका युवा,विद्यार्थी,शिक्षक,कर्मचारी बिच मैत्रीपुर्ण भलिबल २०८२ हुन लागेको हो ।

प्रथम वडा कप भलिबल प्रतियोगितामा भाग लिन इच्छुक टिमहरूले कार्तिक १ गते बिहान ८ बजेसम्म ३ सय शुल्क सहित टिम दर्ता गर्न सकिने छ । खेल लिग पद्धतिबाट खेलाईने,साविकको वडा भित्रका टिमलाई समावेश गराइने,प्रतियोगिता सहभागी हुने खेलाडीहरुको नामावली सहित टिम दर्ता गर्नुपर्ने,खेलाडीहरुले पोशाक अनिर्वाय लगाउनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुने टिमलाई पुरस्कार स्वरुप खस्सी सहित अन्य आवश्यक पुरस्कार प्रदान गरिने छ ।खेल महाकाली माविको प्राङ्गणमा कार्तिक १ गते उद्धघाटन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार