अछामका अधिकांश ठाउँमा नेपाल टेलिकमको टावरले काम नगर्दा सेवाग्राही मर्कामा

45
SHARES
248
VIEWS

टेक बहादुर थापा । नेपाल टेलिकमको टावरले प्रभावकारी ढंगले काम नगर्दा अछाम जिल्लाका अधिकांश क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् । टेलिकमको एनटीसी प्रयोकर्ताहरु टेलीकमको टावरले प्रभावकारी ढंगले काम नगर्दा मर्कामा परेका हुन् । दिउसो घाम लागेपछी काम गरेपनी साझ बिहानको समयमा भने कामनगर्दा नागरिकहरुले समस्या भोगीरहेका छन । बिहान बेलुका आफ्ना आफन्तहरु संग फोन सम्पर्क गर्न खोज्दा नेटवर्कले काम नगर्ने र बाहिर बाट फोन गर्दापनि सम्पर्क नहुने समस्या रहेको अछामको कमलबजार नगरपालिका वडा न ६ का सेवाग्राही बिरेन्द्र बहादुर शाहीले गुनासो गर्नुभएको छ ।

कमलबजार नगरपालिका मात्रै होइन अछाम जिल्लाका अधिकांश ठाउमा यही समस्या देखिएको उहाको भनाई छ । अहिलेको युगमा पनि फोन गर्न डाडाकाडा चढ्नुपर्ने बाध्यता रहेको भन्दै शाहीले यो समस्या समाधानका लागि धेरै निकायमा धाएपनी अहिले सम्म समाधान हुन नसकेको बताउनुभयो । नेपाल टेलीकम अछाम लगायत स्थानीय सरकारले जतीसक्दो चाडो यो समस्या समाधान गर्न उहाले माग गर्नुभएको छ ।

आफुहरुको यो समस्या विगत देखीको भएकाले धेरै पटक संसाद, मन्त्री र सरोकारवालालाइ जानकारी गराइयो तर हाल सम्म कुनैपनी निकायले यो समस्या समाधानका लागि गम्भिर नभएको उहाको गुनासो रहेको छ । आफुले जिल्ला प्रशासन कार्यालय र नेपाल टेलीकम अछामको कार्यालयमा पटक पटक गएर भन्दा पनि सुनुवाइ नभएपछी स्थानीय नागरिकहरु निकै आक्रोसित भएको बताउनुभयो । स्थानीय सरकारले पनि विद्युत विस्तारका लागि पहल गर्न आवश्यक रहेको भन्दै उहाले स्थानीय सरकारले पनि खासै पहल नगरेको बताउनुभयो । यस्तै कमलबजार नगरपालिका वडा न ६ स्याउले बजारका बालाराम ढकालको गुनासो पनि विरेन्द्र शाहीको जस्तै छ ।

कमलबजार नगरपालिकाका अधिकांश वडाहरुमा यो समस्या समाधान हुन नसकेको गुनासो गर्नुभएको छ । पटक पटक सम्बन्धित निकायको ध्यानआकर्षण गराएपनी कुनैपनी निकाय बाट सुनुवाइ नहुनेको पछाडी उनीहरु नागरिकहरुका गुनासो प्रति संवेदनशिल छैनन भन्ने कुरा प्रष्ट भएको उहको भनाई रहेको छ । टावरले काम नगरे पछि आफन्तलाई फोन गर्न, अत्यावश्यक कामका लागि सम्पर्क गर्न र ईन्टरनेट चलाउन समेत समस्या भएको जिल्लाका अन्य ठाउका प्रयोगकर्ताहरुले गुनासो गरेका छन् । उनीहरुले देशकै ठुलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको टावरमा समस्या आउनु लज्जाष्पद भएको बताएका छन् ।

यता नेपाल टेलीकम अछामका कार्यालय प्रमुख कमल विकले भने जिल्लाको एनटीसको टावर कमजोर नरहेको दाबी गर्दै विद्युत नपुगेको ठाउमा यो समस्या देखिएको बताउनुभयो जिल्लाका विभिन्न ठाउबाट कार्यालयमा फोन आउने र यही समस्या देखाउने गरेको भन्दै कार्यालय प्रमुख विकले टावर राखेको स्थान सम्म विद्युतीकरण नहुदा साझ र बिहान टावरले प्रभावकारी ढंगले काम नगरेको बताउनुभयो । धेरै ठाउका टावरहरु अग्लो डाडामा राखिएको हुदा उक्त ठाउ सोलार बाट पावर दिईएको हुदा काम नलाग्दा सम्म यो समस्या देखिने गरेको बताउनुभयो । सेवाग्राहीले यो गुनासो गर्नु स्वाभाविकै हो भन्दै उहाले स्थानीय सरकारले विद्युत प्राधिकरणलाई अनुरोध गर्नुपर्ने र कार्यालयको तर्फबाट निरन्तर प्रयास भईरहेको बताउनुभएको छ । आफुहरुको गुणस्तरिय सेवा दिने दृढ ईच्छा शक्ति भएपनी विविध कारणले सेवा गुणस्तर बनाउन नसकेको उहाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार