टेक बहादुर थापा । अछाम जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको त्रिपुरा सुन्दरी माई तितौडामा आईतबार बिहानै देखी पुजाआजा सुरु भएको छ । पूर्वी अछामको तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकाको सिमा क्षेत्रमा रहेको त्रिपुरासुन्दरी माईको दर्शनका लागि विभिन्न क्षेत्रबाट श्रद्धालुभक्तजनहरु पुग्ने क्रम जारी रहेको छ । आईतबार बिहानै देखी मन्दिरमा रुद्री पाठ, पूजाआजा लगायतका धार्मिक कार्यहरु सुरु भईसकेको मेला व्यवस्थापन समितिले जनाएको छ ।
यस क्षेत्रकै चर्चित क्षेत्रको रुपमा चिनिने तितौडामा सुदुर तथा कर्णली प्रदेशका विभिन्न जिल्ला बाट भक्तजनहरु पूजाआजाका लागि आउने गरेका छन । आज रातभर पूजाआजाको काम हुने र सोमबार बिहानै देखी पुन पूजाआजा संगै मेला लाग्ने पनि आयोजक समितिले जनाएको छ ।
विगतका वर्षहरु भन्दा यो वर्ष मन्दिरमा श्रदालु भक्तजनहरुको सहजताका लागि आवश्यक व्यवस्थापनको पाटो राम्रो बनाईएको मेला व्यवस्थापन समितिका संयोजक तुर्माखाँद गाउँपालिका वडा न ७ का स्थानीय अगुवा नवराज चलाउनेले जानकारी दिनुभएको छ ।
उहाले त्रिपुरेश्वरी माइको दशैन गर्न आउन सबै श्रद्धालुभक्तजनहरुलाई आग्रह समेत गर्नुभएको छ ।
भौगोलिक रुपमा पनि निकै अग्लो ठाउ भएकाले तितौडा क्षेत्रबाट सुदुर तथा कर्णली प्रदेशका अधिकांश जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ भने धार्मिक र पर्यटकीय हिसाबले पनि यो क्षेत्र निकै सम्भावना बोकेको क्षेत्रको रुपमा हेरिएको छ । मन्दिरको वरिपरी घना जंगल र त्यस भित्र त्रिपुरा सुन्दरी माईको मन्दिर संगै त्यसको वरिपरि विभिन्न किसिमका गुफाहरु रहेको त्यसका जानकार स्थानीय अगुवा तथा अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ध्रुब कुमार शाहीले जानकारी दिनुभएको छ ।
यो क्षेत्र निकै ठुलो सम्भावना बोकेको क्षेत्र भएपनी प्रचार प्रसार र लगानीको अभावले यसको जती विकास हुनुपर्ने हो त्यती हुन नसकेको शाहीको भनाई छ । यसको विकासका लागि यस क्षेत्रका सबै सरोकारवालाले हातेमालो गर्न आवश्यक रहेको उहाले बताउनुभयो ।
तितौडा क्षेत्रमा आईतबार र सोमबार मन्दिरमा पूजाआजा गरिसकेपछी रात्री मेला समेत लाग्ने गरेको छ । पूजाआजा गर्न गएका भक्तजनहरु राती लाग्ने मेलामा समेत सहभागी भई रमाउने गर्दछन । मेलामा स्थानीय उत्तपादनले बजार पाउने गर्छन भने केटाकेटी विच यसरी न्याउले खेल समेत लाग्ने गर्दछन ।













Discussion about this post