एसइई पूरक परीक्षा– मंगलसेन नगरपालिकामा ८० प्रतिशत परीक्षार्थी उत्तीर्ण

13
SHARES
70
VIEWS

निराजन भण्डारी । राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार सार्वजनिक गरेको नतिजा अनुसार अछाम जिल्लाको मंगलसेन नगरपालिकामा ८० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन ्। परिक्षामा सामेल भएका २ सय ७५ जना विद्यार्थी मध्ये २ सय २० जना विद्यार्थी उत्तीर्ण भएको मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले जानकारी दिनुभएको छ । शिक्षा शाखा प्रमुख रावलका अनुसार राधा मावि शत प्रतिशत अंक सहित नगरपालिकामा प्रथम भएको छ भने अन्नपुर्ण मावि ९४.४४ प्रतिशत अंक सहित द्धितीय र गंगा मावि ९४.१२ प्रतिशत अंक सहित तृतीय भएका छ ।

यस्तै ९२.८६ प्रतिशत सहित कुन्ती मावि चौथौँे ८५.७१ प्रतिशत सहित जाल्ला मावि पाँचौँ,८४.५१ प्रतिशत सहित षोड्षा देवि मावि खुला विद्यालय सहित छैठौँ,७६.९२ प्रतिशत सहित शिशु सुधार मावि सातौँ,७१.६४ प्रतिशत सहित मंगला.नेरा मावि प्राविधिक सहित आँठौ,६८.४४ प्रतिशत सहित पार्वती मावि नौ र ४४.४४ प्रतिशत सहित कालिका मावि दशौँ स्थान भएका छन । ५५ जना विद्यार्थी पूरक परीक्षामा पनि अनुतिर्ण भएको नगरपालिकाले जनाएको छ । पछिल्ला बर्षमा मंगलसेन नगरपालिकाका कतिपय विद्यालयले एसइई परिक्षाको नतिजामा सुधार गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार