सेफ—गल्स परियोजना सल्लाहाकार तथा समन्वय समितिको बैठक सकीयो

6
SHARES
35
VIEWS

टेक बहादुर थापा । अछाम जिल्लाका तिनवटा पालिकामा संचालित सेफ—गल्स परियोजना मार्फत संचालन हुने गतिविधिलाई प्रभावकारी बनाएर लैजानुपर्ने एक कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन । यो परियोजना मार्फत संचालन भएका गतिविधि प्रभावकारी देखिएकाले किशोरीहरुको शारीरिक, मानसिक, नेतृत्व र व्यक्तित्व विकासका लागि परियोनाका गतिविधि थप प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन ।

बिहिबार मंगलसेनमा सम्पन्न किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोगी वातावरण सेफ—गल्स जिल्ला परियोजना सल्लाहाकार तथा समन्वय समितिको बैठकमा सहभागि मंगलसेन, साफेबगर र कमलबजार नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, शिक्षक र अन्य सरोकारवालाले परियोजनाले लिएको लक्ष्य र उदेश्य राम्रो रहेकाले अहिले देखिएका कमीकमजोरीलाई सुधार गर्दै आगामी दिनमा थप प्रभावकारी बनाउन आवश्यक रहेको उनीहरुको भनाई थियो ।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरको अध्यक्षतामा सम्पन्न बैठकले यो परियोजना मार्फत हुने गतिविधि थप प्रभावकारी बनाउन विभिन्न ६ वटा निर्णयहरु समेत गरेको छ ।

कोइका, युएन एप्पीए , गूड नाइवर्स ईन्टरनेसनल नेपाल, सेवक नेपाल र वाक नोपलको प्राविधिक सहयोगमा सेवक एवं वाक नेपाल द्धारा संचालित परियोजनालाई प्रभावकारी बनाउन स्थानीय सरकार लगायत सरोकारवाला संग प्रभावकारी समन्वय गर्ने, स्थानीय पाठ्यक्रम निर्माण कार्यमा सहयोग गर्ने र उक्त पाठ्यक्रममा नैतिक शिक्षालाई जोड दिने, सेफ—गल्स परियोजनालाइ पालिका स्तर र जिल्ला स्तरमा हुने योजना तर्जुमा निर्माणमा सहयोग गर्ने लगायतका निर्णयहरु भएका छन ।

बैठकमा सहभागि तिनवटै पालिकाका प्रमुखहरुले यो परियोजनाले राम्रो काम गरेको हुदा यसलाई थप प्रभावकारी बनाउन पालिकाको तर्फबाट सहयोग गर्ने तर संस्थाले पनि स्थानीय सरकार संग प्रभावकारी ढंगले समन्वय गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । बैठकमा संस्थाले तिनवटै पालिकामा परियोजना मार्फत गरेका काम र उपलब्धीका बारेमा जानकारी गराईएको थियो ।

बैठकमा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, साफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुवँर, कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकाल, मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, विभिन्न वडाका वडा अध्यक्ष, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, विषगत शाखा प्रमुख, पत्रकार, विद्यालयका शिक्षक लगायत अभिभावकहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार