स्थानीय सरकारले सुशासन र पारदर्शितामा जोडदिनुपर्छ : निवर्तमान सांसद शाह

13
SHARES
71
VIEWS

टेक बहादुर थापा । निवर्तमान सांसद पुस्प बहादुर शाहले स्थानीय सरकारले सुशासन र पारदर्शितामा जोड दिनुपर्ने बताउनुभएको छ । जनताको नजिकको सरकार स्थानीय सरकार भएकाले यसबाट नागरिकहरुले बढी अपेक्षा गर्ने भएकाले सोही ढंगले स्थानीय सरकारका काम कार्बाहीहरु अघि बढ्नुपर्ने बताउनुभयो । मंगलसेन नगरपालिका वडा न ४ ले आयोजना गरेको आर्थिक वर्ष २०८१ ÷०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै निवर्तमान सांसद शाहले सुशासन र पारदर्शितामा जोडदिदै नागरिकको मन जित्नेगरी काम गर्न सुझाव समेत दिनुभएको छ देश अहिले विषम परिस्थितिमा रहेको हुदा यो बेला स्थानीय सरकारले झनै नागरिकको पक्षमा कामगरि सरकारको महसुस गराउनुपर्नेमा जोड दिनुभएको छ ।

वडा समितिले आफ्नो स्रोत साधनले भ्याएसम्म राम्रो काम गरेको पाईएकाले आगामी दिनमा थप राम्रो काम गर्नुपर्ने उहाको भनाई थियो । आफु प्रतिनिधि सभाको सदस्य भएकाले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि विभिन्न मन्त्रालयमा धाउने र सरकारका मन्त्री र सचिवहरुको ध्यानाकर्षण गराउने काम गरेको बताउनुभयो ।

पछिल्लो समयमा पहाडी क्षेत्र बाट बसाइ सराइ समस्याकै रुपमा रहेकाले यो न्युनिकरणका लागि पनि हामी सबै गम्भिर बन्न आवश्यक रहेको निवर्तमान सांसद शाहको भनाई छ ।
वडा अध्यक्ष नाम सिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख पदम बहादुर बोहराले विकास निर्माणका लागि गाउँमा आएको बजेट सही रुपमा कार्यन्वयन भए नभएको रेखदेख गर्न स्थानीयलाई आग्रह गर्नुभएको छ । राज्य बाट गाउँमा बजेट आउने तर कसैले चासो नदिदा केही व्यक्तिहरुले मात्रै फाइदा लिएको पाईएकाले यस्ता गलत कार्यका विरुद्ध आवाज उठाउनुपर्ने नगर प्रमुख बोहराको भनाई छ ।

वडा तथा नगरपालिकाले आयोजना गरेका यस्ता सामाजिक सभा समारोहमा आएर सुझाव सल्लाह दिनुपर्ने भएपनी कतिपय वडाका स्थानीयहरु कुनैपनी किसिमको चासो नदिने गरेको नगर प्रमुख बोहराले गुनासो समेत गर्नुभएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै वडा अध्यक्ष नाम सिंह धामीले वडाको स्रोत साधनले भ्याए सम्म आफुले पारदर्शि ढंगले वडामा काम गरेको बताउनुभएको छ ।

कार्यक्रममा सहभागि केही युवाहरुले सेवा प्रवाहको क्रममा वडा समिति बाट विभेद भएको गुनासो गरेको भन्दै वडा अध्यक्ष धामीले आफुले अहिले सम्म कसैलाईलाइ विभेद नगरेको दाबी गर्नुभएको छ । सरकार संग नागरिकको अपेक्षा धेरै हुने तर वडा संग सिमित स्रोत साधन हुने भएकाले सबैको मन जित्न नसकेपनी आफुले राम्रो कामगर्ने प्रयास गरेको अध्यक्ष धामीको भनाई छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा सचिव हिक्मत प्रसाद जैशीले गत आर्थिक वर्षमा वडामा भएका गतिविधि सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागि स्थानीय नागरिकहरुले वडा समितिले सन्तोस जनक काम गरेको पाईएकाले आगामी दिनमा यसलाई थप सुधार गरेर लैजान सुझाव दिएका छन । वडाले गरेका राम्रा कामहरुमा साथ र गलत कार्यको विरोध गर्ने उनीहरुको भनाई थियो । कार्यक्रममा कार्यपालिका सदस्य प्रेम भुल, नेपाली काग्रेसका राजेश बोगटी, नेकपा एमालेका तिलाराम बोहरा लगायत स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो । वडा सदस्य नयन बहादुर विकको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सहजिकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार