मंगलसेन ५ मा शुभकामना आदान प्रदान कार्यक्रम सकियो 

10
SHARES
53
VIEWS

टेक बहादुर थापा । मंगलसेन नगरपालिका वडा न ५ ले बडादशै तथा तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदना प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष झंकर प्रसाद भाटको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा शुभकामना सन्देश दिनुहुदै नगर प्रमुख बोहराले चाडपर्वलाई शान्त र मर्यादित बनाउन सबैले आ—आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा चाड पर्वको निहुमा समुदायमा विभिन्न किसिमका उश्रृङ्खल गतिविधि हुन थालेको भन्दै यस्ता गलत कार्यको विरोध गर्नुपर्ने उहाको भनाई छ ।

चाड पर्वको समयमा नातागोता, आफन्त साथीभाइहरु संग घेटघाट गर्ने, सुख्ख दुख्खका कुरागर्ने, मिठो मसिनो खाने, रमाइलो गर्नुपर्ने भएपनी पछिल्ला वर्षहरुमा भने व्यक्तिगत रिसिबी पनि चाडपर्वको समयमा पोख्ने, झैझगडा गरी समाजमा अशान्ती फैलाउने काम भईरहेकाले यस्ता कार्य कहिकतैपनी गर्न नहुने नगर प्रमुख बोहराको भनाई छ ।

चाडपर्वलाई देखासिकीको आधारमा नभइ आफ्नो गक्ष अनुसारको दशै मनाउन सबैलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै पुर्व नगर उप प्रमुख सरिता उपाध्यायले चाडपर्वको समयमा महिलाहरुलाई मानसिक तथा शारिरिक समस्या बढी हुने भएकाले यस्तो बेला घरका पुरुषहरुले पनि महिलालाई सहयोग गर्नुपर्नेमा जोडदिनुभएको छ ।

हामीले हाम्रो संस्कार अनुसार चाडपर्व मनाउनुपर्ने भन्दै उहाले गलत संस्कारको सिको गर्न नहुने बताउनुभयो । आज संस्कारका नाममा महिलाहरुलाइ दुख दिने प्रचलन रहेकाले महिलाहरु आफैपनी यस्ता गलत संस्कारका विरुद्ध जुट्नुपर्ने उहाको भनाई छ । अहिले पनि छाउपडी प्रथाका नाममा महिलाहरुलाई अमानविय व्यवहार हुदै आएकोमा चिन्ता व्यक्तगर्दै उहाले यस्ता कुसंस्कारको अन्त्य गर्ने प्रेणा यो दशै तिहारले दिओस भन्दै शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा षोडशा माध्यामिक विद्यालयका प्रधानाध्यापक बृकेश सिंह बोगटी, देवल आधारभुत विद्यालयका प्रधानाध्यापक नगेन्द्र प्रसाद ढुंगाना, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, पालेवन सामुदायिक वनका सचिव नन्दराज ढुंगाना, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका प्रमुख कविता कठायत, शहरी स्वाथ्य क्लिनिकका ईन्चार्ज ईन्दु केसी, आँखा उपचार केन्द्रका प्रमुख नेत्र चलाउने लगायत महिला स्वास्थ्य स्वयमसेवीका, व्यापारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन वडा सचिव बिष्णु प्रसाद जैशीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार