मंगलसेन ६ का स्थानीयहरुद्धारा फटकानी मन्दिरको सरसफाइ

11
SHARES
60
VIEWS

मंगलसेन नगरपालिका वडा नम्बर ६ का स्थानीयहरुको सक्रियतामा फटकानी मन्दिरको सरसफाई गरिएको छ । मन्दिर परिसरलाई सफा गरेर धार्मिक स्थानको महत्त्वलाई उजागर गर्ने उदेश्य सहित स्थानीयहरुको सक्रियतामा मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

यहि असोज १४ अर्थात महाअष्टमीका दिन उक्त मन्दिरमा पुजापाठ सहित राँगाको बलि दिने प्रचलन रहेको वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।

स्थानीय युवाहरुले सामाजिक अभियान सञ्चालन गरी पछिल्लो समय सार्वजनिक स्थलको सरसफाई तथा सडक मर्मत जस्ता कार्यलाई निरन्तरता दिदै आएका छन । सरसफाई कार्यक्रममा जनप्रतिनिधि,समाजसेवी शिक्षक,स्थानीय युवाहरुको सहभागिता रहेको युवा विनोद भण्डारीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार