जिल्ला समन्वय समिती अछामको कार्यालयमा तालाबन्दी

77
SHARES
428
VIEWS

निराजन भण्डारी । जिल्ला समन्वय समिती अछामको कार्यालयमा तालाबन्दी गरिएको छ ।कार्यालयमा कार्यरत तिन जना करार कर्मचारीले साउन देखि आफुले पारिश्रम नपाएको र म्याद थप नगरको भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन । कार्यालयमा कार्यरत बिक्रम भुल,पुष्पराज भाट,खेम केसीले आफनो माग सम्बोधन नभएको भन्दै तालाबन्दी गरेका हुन ।

करार कर्मचारी राख्ने या हटाउने भन्ने बारेमा जिल्ला समुन्वय समितीको बैठकमा फरक मत आएको छ । समितीका अन्य सदस्यहरुले कर्मचारीको बारेमा उचित निर्णय लिनुपर्ने बताएपनि समन्वय प्रमुख ललित बहादुर कुँवरले भने कर्मचारीलाई हटाउनुपर्ने अडान राख्नुभएको छ । साउनबाट अहिलेसम्म पारिश्रम दिने र म्याद थप गर्ने बिषयमा कुनै मतलब नगरिएको कर्मचारीहरुले गुनासो गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार