सामाजिक मुल्य मान्यता कायम गरी चाडपर्व मनाउनुपर्छ : पुर्व सांसद शाह

12
SHARES
67
VIEWS

टेक बहादुर थापा । निवर्तमान प्रतिनिधीसभा सदस्य पुस्प बहादुर शाहले सामाजिक मुल्य मान्यता भित्र रहेर चाडपर्व मनाउनुपर्ने बताउनुभएको छ । सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएकाले सामाजिक मुल्य मान्यता भित्र रहेर चाडपर्व मनाउनुपर्नेमा जोडदिनुभएको हो ।

मंगलसेन नगरपालिकाले बडादशै तथा तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै निवर्तमान सांसद शाहले चाड–पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको उल्लेख गर्नुभयो । उहाँले हाम्रो देश भनेको विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाज भएको मुलुक भएको उल्लेख गर्दै यी प्रत्येक धार्मिक र सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेकाले यसपालीको दशैलाई मर्यादित ढंगबाट मनाउन सबैलाई शुभकामना दिनुभएको छ ।

नेपाली काग्रेस अछामका सभापति समेत रहनु भएका नेता शाहले मुलक अहिले विषम परिस्थितिमा रहेकाले यो बेला हरेक नागरिकले जिम्मेवार नागरिकको भूमिका खेल्न आवश्यक रहेको बताउनुभयो । वर्तमान सरकारले गरेका राम्रा कामहरुको प्रशंसा र गलत कार्यको विरोध गर्नुपर्ने उहाको भनाई छ ।

कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले चाडपर्वलाई देखासिकीको आधारमा नभई आफ्नो क्षमताले भ्याउने गरि मनाउन सुझाव दिनुभएको छ । पछिल्लो समयमा चाडपर्वलाई भड्कीलो बनाउन थालेको चिन्ता व्यक्तगर्दै नगर प्रमुख बोहराले देवी देवताले खर्च भन्दा पनि कती इमान्दार र संस्कारी भएर कर्म गरेको छ भन्ने कुरालाई हेर्ने भएकाले देवीदेवताको नाममा अनावश्यक खर्च गर्ने बानी राम्रो नहुने बताउनुभयो ।

बडादशैको शुभकामना सन्देश दिदै नगर प्रमुख बोहराले हाम्रा कतिपय गतिवीधीले जेन्जी जस्ता आन्दोलनहरु हुन थालेकाले तल्लो तह देखी माथिल्लो तह सम्मका सार्वजनिक पद धारण गरेका व्यक्तिहरु सच्चिन आवश्यक रहेको बताउनुभयो । देशमा एकपछी अर्को गरि राज्यको निकायमा बसेका जिम्मेवार नागरिक बाट नै गलत कार्य हुन थालेपछी जेन्जीहरु विरोधमा उत्रेको भन्दै सबै सच्चिनुपर्नेमा नगर प्रमुख बोहराले जोडदिनुभयो ।

कार्यक्रममा नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, नेकपा एमाले अछामका निवर्तमान अध्यक्ष चन्द्र बहादुर बोहरा, नेपाली काग्रेसका राजेश बोगटी, विभिन्न वडाका वडा अध्यक्ष, नगरका विभिन्न विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार