दशैमा महिलाको कार्यबोझ घटाउनुपर्छ : उप प्रमुख सोडारी

42
SHARES
231
VIEWS

टेक बहादुर थापा  । मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारीले चाड पर्वको समयमा महिलालाइ कार्यबोझ बढी हुने भएकाले पुरुषहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

चाडपर्वका समयमा महिलालाई घरको काम अघिपछीको तुलनामा बढी थपिने र यही कारणले उनीहरु मानसिक र शारिरिक रुपमा कमजोर हुने भएकाले घरका अन्य सदस्यहरुले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । मंगलसेन नगरपालिकाले मंगलबार पालिकामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उप प्रमुख सोडारीले यो बेला महिलालाई भान्सा तथा घर सरसफाइबाट फुर्सद पाउन मुस्किल हुने गरेको बताउनुभयो ।

पुरुषहरु चाडपर्वको नाममा रमाइलो गर्दै हिड्ने तर घरायसी कामको सबै बोझ महिला दिदिबहीनीलाइ पर्ने भएकाले यस्तो बेला महिला पुरुष मिलेर दशैलाई सहज वातावरणमा मनाउन सुझाव दिनुभएको छ । चाड पर्व भनेको रमाइलो र दुख सुख आदान प्रदान गर्ने माध्यमपनी भएकाले यो बेला सबैले एक आपसमा मिलेर सामाजिक मुल्य मान्यता भित्र रहेर दशै मनाउन आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार