अछाम जिल्लाबाट कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७ सय ६४ जना विद्यार्थीहरु सामेल हुने

8
SHARES
42
VIEWS

निराजन भण्डारी । अछाममा कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको छ । यहि असाेज  ७ र ८ गते हुने परीक्षाका लागि आवश्यक तयारी भइरहेको शिक्षा विकास तथा समन्वय इकाई अछामले जनाएको छ । यो बर्ष ग्रेडवृद्धि परीक्षाका लागि जिल्लामा ४ वटा परिक्षा केन्द्र तोकिएको छन । जाल्पा देवि मावि ढाँकु,बिद्यामन्दीर मावि विनायक,षोडशा देवी मावि मंगलसेन,जनकल्याण मावि साँफेबगरलाई परीक्षा केन्द्र तोकिएको छ ।

जिल्लाका ७ सय ६४ जना विद्यार्थीहरु ग्रेडवृद्धि परीक्षामा सामेल हुने भएका छन । परिक्षा बिहान ११ बजेदेखि २ दिउँसो बजेसम्म सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई अछाम सुचना अधिकारी सुरेन्द्र बजगाईले जानकारी दिनुभएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तयार गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो ।

परिक्षा केन्द्रहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार