नेकपा एमाले अछामले मनायो संविधान दिवस

11
SHARES
59
VIEWS

टेक बहादुर थापा । नेकपा एमाले अछामले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । मंगलसेनको पार्टी कार्यालयमा औपचारी रुपमा कार्यक्रम सुरुहुनु भन्दा अगाडी देश र जनताको लागि ज्यानको आहुती दिने सहिदहरुप्रति उच्च सम्मान गर्दै सोक प्रस्ताव पारित गरेर पार्टीले मंगलसेन बजारमा ¥याली सहित पार्टी कार्यालयमा बृहत कार्यक्रमको आयोजना गरेको थियो ।

पार्टीका जिल्ला कमीटी सचिव हिरण्ड भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य भिम बहादुर जनाला प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नेता जनालाले नेपाली जनताको बलिदान बाट प्राप्त संविधान कार्यन्वयन गर्नु अहिलेको आवश्यक्ता भएको बताउनुभयो ।

संविधान जारीभएको १० वर्ष हुदापनी नेपालको संविधान पूर्णरुपमा कार्यन्वयन हुन नसक्दा नेपाली जनताको हक अधिकार सुनिश्चित हुन नसकेको उहाको भनाई छ ।

दुई ठुला शक्तिशाली देशको विचमा रहेको नेपाल धेरै ठुलो सम्भावना बोकेको राष्ट्र भएपनी छिमेकी देशहरुको कारणले आज नेपाली जनताले दुख्ख पाईरहेको बताउनुभयो । हाम्रो नजिकको छिमेकी देश भारतले नेपालको कहिलेपनि भलो नचाहाने भएकाले उसले नेपाललाई एकपछी अर्को गरि हानी हुने काम गरिरहेको आरोप लगाउनुभयो । आज जेन्जी आन्दोदलनका नाममा भारत लगायतका केही मुलुहरुले नेपाललाई अस्थिरता तर्फ धकेल्ने काम भईरहेको बताउदै नेपाली युवाहरु प्रयोग मात्रै भएको तर परिचालन भारत बाट भएको उहाको आरोपथियो ।

कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै नेकपा एमाले अछामका निवर्तमान अध्यक्ष चन्द्र बहादुर बोहराले नेपाली जनताले रगत र पसिना बगाएर ल्याएको संविधान कार्यन्वन गर्नु अहिलेको आवश्यक्ता भएको बताउनुभयो । मुलुकमा यसभन्दा अघि थुप्रै पटक संविधान जारी भएपनी ०६२÷०६३ को जन आन्दोलनपछी जारी यो संविधानले मात्र नेपाली जनतालाई मालिक बनाएको हुदा यसको प्रभावकारी ढंगले कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

वर्तमान संविधान कार्यन्वयन भएमात्रै पार्टीले लिएको समृद्ध नेपाल सुखी नेपालीको नाराले साथर्कता पाउने निवर्तमान अध्यक्ष बोहराको भनाई छ । यस्तो विशेष परिस्थितिमा पार्टीलाई थप एकताबद्ध बनाएर लैजानुपर्ने भएकाले सबै कार्यकर्ताले उच्च मनोबलका साथ पार्टीको हितको पक्षमा कामगर्न अनुरोध समेत गर्नुभएको छ ।

नेकपा एमालेका पुर्व प्रदेश कमीटी सदस्य तथा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले नेकपा एमाले पार्टी जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको पक्षमा कामगर्ने पार्टी भएको प्रमाणित भईसकेको बताउनुभयो । जतीबेला मुलुक संकटमा पर्छ त्यो बेला नेकपा एमालेले नेतृत्व लिने र मुलुकलाई सही बाटोमा अघि बढाउने गरेको बताउनुभयो ।

अहिले नेकपा एमालेलाइ चौतर्फी घेराबन्दी भईरहेको बेला नेकपा एमालेका नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीले गरेका सकारात्मक कार्यको समुदायमा रहेका नागरिकलाई जानकारी गराउन पार्टीले समुदाय स्तरमा कार्यक्रम लैजान आवश्यक रहेको नगर प्रमुख बोहराले सुझाव दिनुभएको छ ।

कार्यक्रममा बोल्दै नेकपा एमाले अछामका सचिव हिरण्ड भट्राइले पार्टीलाई अप्ठ्यारो परेको बेला काध थाप्ने कार्यकर्ता मात्रै पार्टीको असल सिपाही हुनसक्ने बताउनुभयो । नेकपा एमाले पार्टी चौतर्फी घेराबन्दीमा रहेको बेला पार्टीलाई साथ नदिने नेता कार्यकर्ता जो भएपनी उनीहरु अवसरवादी भएको सचिव भट्राईको भनाई छ ।

अहिले पनि केही नेताहरु विभिन्न बाहानमा पार्टीको कार्यक्रममा आउन आनाकानी गरिरहेकाले त्यस्ता कार्यर्ताको पार्टीले लेखाजोखा गर्ने चेतावनी समेत दिनुभएको छ । एमाले पार्टी जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको पक्षमा लडीरहने पार्टी भएकाले यस्ता साना तिना अप्ठ्यारोले कुनै फरक नपर्ने बताउनुभयो । कार्यक्रममा सहभागिता जनाउने सबैलाई धन्यवाद दिदै सचिव भट्राइले आगामी दिनमा जनता संग जोडीने कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका नेता सरिता उपाध्याय, मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, तुर्माखाद गाउँपालिका उपाध्यक्ष बीमला कुमारी शाही, बुद्धीजीवी परिषदका जिल्ला अध्यक्ष भरत बहादुर सोडारी, विद्यार्थि नेता भिम बहादुर बडायीत, एमाले नगर कमिटी अध्यक्ष डम्बर बहादुर रावल, प्रेस चौतारीका पुर्व जिल्ला अध्यक्ष टेक बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । पार्टीका जिल्ला कमीटी सचिवालय सदस्य तथा कार्यालय सचिव पुस्प बहादुर कठायतको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन युवा नेता लिलाराज केसीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार