निराजन भण्डारी । ग्लोबल आईएमई बैक मंगलसेन शाखा कार्यालय अछामले मंगलसेन नगरपालिका वडा नम्बर ५ मा रहेको षोड्शा माध्यामिक विद्यालयलाई विभिन्न उपकरण हस्तान्तरण गरेको छ । संस्थाको सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई बिहिबार सिसिटिभी सुरक्षा र निगरानी उपकरण क्यामेरा सेट हस्तान्तरण गरिएको हो । विद्यालयलाई ४१ हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको बैकका मंगलसेन शाखा कार्यालय प्रमुख अर्जुन बटालाले जानकारी दिनुभएको छ ।
बैकले हस्तान्तरण गरेका सामाग्री बुझ्दै विद्यालयका प्रधानाध्यापक बृकेस सिंह बोगटीले विद्यालयको सुरक्षा व्यावस्थापमा सुधार ल्याउन र विद्यार्थीहरुका लागि सुरक्षित र प्रभावकारी शैक्षिक वाताबरण निर्माणमा टेवा पुग्ने विश्वास लिनुभएको छ । अगामी दिनमा पनि विद्यालय र बैकबिच थप सहयोग र सहकार्य रहने बताउदै प्रधानाध्यापक बोगटीले निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । उपकरण हस्तान्तरण कार्यक्रममा बैकका कर्मचारी लक्ष्मण प्रसाद भण्डारी विद्यालयका शिक्षक,विद्यार्थीहरुको सहभागिता रहेको थियो ।













Discussion about this post