टेक बहादुर थापा ,अछामको मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहोराले नयाँ नेपाल बनाउनका लागी प्रधानमन्त्री देखि वडा अध्यक्ष सम्मको सम्पती छानबिन गर्नु पर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै प्रमुख बोहोराले छानबिनको क्रममा स्रोत नखुलेको सम्पती राज्यले जफत गरि राज्य कोषमा जम्मा गर्नु पर्ने र सो रकम राष्ट्र निर्माणमा लगाउनु पर्ने बताउनु भएको हो ।दुई कार्यकाल नगर प्रमुख बनेका बोहोराले सो सम्पती छानबिनका लागी सबै भन्दा पहिले आफै बाट सुरु गर्न समेत आग्रह गरेका छन ।
उनले आफ्नो बुवा बाजे, र छोराछोरी सबैको सम्पती माथि पहिले छानबिन होस म मेरै घर बाटै युवाहरू लाई सम्पती छानबिनका लागी अनुरोध गर्दछु उहाले भन्नुभएको छ । पुराना नेताहरूको सम्पती समेत छानविन गरिनु पर्ने उनीहरू गलत भए कारबाही र सही भए मात्र जिम्मेवारी दिनु पर्ने नगर प्रमुख बोहराको माग छ । सम्बृद्ध नेपाल सुखी नेपाली सहितको नयाँ नेपाल बनाउन सबैको सम्पतीमा छानबिन गर्न आवश्यक रहेको उहाले बताउनुभयो ।
आफु यसका लागि अहिले पनि तयार रहेको बताउदै नगर प्रमुख बोहराले सबै जनप्रतिनिधिलाई एकै डालोमा हाल्न नमिल्ने बताउनुभयो । आफुले सरकारले दिएको सुविधा बाहेक एक पैसापनि गलत बाटो अपनाएर नलगेको दाबी गर्दै नगर प्रमुख बोहराले कही कतै त्यसो भेटाएको खण्डमा राजनिति त्याग्न तयार रहेको उहाको भनाई छ । राज्यको सम्पती बाट बिलासिलताको जीबन कसले विताईरहेको छ त्यसको छानबिन हुनैपर्ने उहाको माग छ ।













Discussion about this post