अछाममा पनि निषेधाज्ञा तथा कर्फ्यु जारी

9
SHARES
48
VIEWS

निराजन भण्डारी । अछाममा पनि कर्फ्यु तथा निशेषाज्ञा लागु भएको छ ।देशभरी आगजनी र तोडफोडका घटनाहरू भएपछि शान्ति सुरक्षा कायम राख्ने उदेश्यले जिल्लामा कर्फ्यु तथा निशेषाज्ञा लागु भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।सेनाले हाल देशभरी लागु गरेको निषेधाज्ञा जिल्लामा पनि लागु गरिएको अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी सारुका अनुसार बुधवार बेलुकी ५ बजेसम्म जारी रहने र त्यसपछि बिहीवार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी रहने छ ।अछाम जिल्लामा पनि केही सरकारी भवन र राजनीतिक दलका कार्यालयहरूमा जेन जी युवाहरूको समुहले तोडफोड समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार