जेन जी पुस्ताद्धारा अछाममा पनि विरोध प्रर्दशन

11
SHARES
63
VIEWS

निराजन भण्डारी । अछाममा पनि जेन जी पुस्ताले शान्तिपूर्ण विरोध प्रर्दशन गरेको छ ।जेन जी पुस्ताको शान्तिपूर्ण आन्दोलन माथि सरकारले सोमबार गरेको दमनका विरुद्धमा विरोध प्रर्दशन गरिएको हो ।जेन जिहरुको प्रदर्शनका क्रममा सरकारले बल प्रयोग गरी घटाएको घटनाप्रति आक्रोशित जेन जी पुस्ताले जिल्लाका विभिन्न ठाउँमा हत्यारा सरकार चाहिदै,विद्यार्थी मार्न पाइदैन,दलाल सरकार होसियार लगायतका नारा सहित विरोध प्रर्दशन गरेको हो ।

जेन जीका मागहरु सम्बोधन गर्नुको साटो सरकारले प्रदर्शन दवाउनका लागि हिंसाजन्य गतिविधिहरु गरेको भन्दै युवाहरुको समुहले विरोध प्रर्दशन गरेको युवा लाल बहादुर साउदले बताउनुभएको छ । जिल्लाको सदरमुकाम मंगलसेन सहित विनायक,तुर्माखाँद,ढकारी,कमलबजार,साँफेबगर,जयगढ,लगायतका ठाउँमा बृहत विरोध प्रर्दशन गरिएको हो । सोमबार स्वतःस्फूर्त रूपमा भएको युवा पुस्ताको आन्दोलनमा सरकारी निकायले व्यापक बल प्रयोग गर्दा १९ जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार