निराजन भण्डारी । मंगलसेन नगरपालिका वडा नम्बर ६ मा रहेको गँगा माध्यामिक विद्यालयमा अध्यायनरत विपन्न तथा टुहुरा बालबालिकालाई पोशाक तथा स्टेसनरीका सामाग्री वितरण गरिएको छ । मंगलसेन नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखाको आर्थिक बर्ष २०८१÷८२ को स्वीकृत कार्यक्रम अन्तर्गतका पोशाक तथा स्टेसनरीका सामाग्री वितरण गरिएको हो ।
विद्यालयका विभिन्न कक्षामा अध्यायनरत ८ जना विपन्न तथा टुहुरा बालबालिकालाई पोशाक तथा स्टेसनरीका सामाग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मोतीराम भण्डारीले जानकारी दिनुभएको छ । विद्यालयको कक्षा १ मा अध्यायनरत दिनेश भण्डारी,कक्षा २ का हेमन्त धमाला,३ का लक्ष्मी भण्डारी,कक्षा ४ का करिश्मा धमाला,कक्षा ५ का बिष्ना खतिवडा,पार्वती देवकोटा,सरस्वती ढुंगाना, र नविन भण्डारीलाई पोशाक तथा स्टेसनरीका सामाग्री वितरण गरिएको हो ।













Discussion about this post