काठमाडौँ । सहयाेगापेक्षी सडकमाआश्रित मानिसहरूको उद्धार तथा पारिवारिक पुनर्मिलनमा सक्रिय हुँदै आएकाे सामाजिक संस्था मानवसेवा आश्रमले १३ वर्षको अवधिमा १२ हजार बेवारिसे मानिसहरुकाे उद्धार गरेकाे छ । गत शुक्रबार भाद्र १३ गते १३ औँ वार्षिकोत्सव सम्पन्न गर्दै आश्रमले साे जानकारी दिएकाे हाे ।
आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार, मकवानपुरको हेटौँडाबाट ५ जना आमाबुबाको उद्धारबाट सुरु भएको अभियान अहिले देशका २१ जिल्लामा २६ सेवाकेन्द्र विस्तार भई, हाल करिब २ हजार आमाबुबाहरुकाे आश्रय स्थल बनेकाे छ । आश्रमले विगत १३ वर्षदेखि विभिन्न कारणले अपहेलित भई सडकमा बेवारिसे जीवन बाँचिरहेका मानिसहरुलाई उद्धारसँगै उपचार, पालनपाेषण र संरक्षण गरी सम्मानजनक जीवन प्रदान गर्दै आईरहेकाे छ ।
अध्यक्ष अधिकारीले आश्रम भूकम्प, कोभिड, लकडाउन र आर्थिक मन्दी चुनौतीबीच पनि निरन्तर तीन तहका सरकार मनकारी सहयोगीदाताहरुकाे साथ सहयाेगका कारण अघि बढ्न सफल भएको जानकारी दिनुभएकाे हाे । साथै उहाँले २०८२ सालभित्रै नेपालमा कोही पनि सार्वजनिक स्थल तथा खुला आकाशमुनी सडककापेटीमा बस्नुपर्ने अवस्थाकाे अन्त्य गर्न आश्रम प्रयासरत रहेकाे र साे लक्ष्य छिट्टै पूरा हुनेमा विश्वस्त रहेकाे बताउनुभयाे ।
मानवसेवा अाश्रमले वि.सं २०६९ भाद्र १३ गते हेटाैँडाकाे मकवानपुरबाट सेवा शुभारम्भ गरेकाे हाे । जसकाे केही छैन, जसकाे काेही छैन उनैकाे सेवामा समर्पित रहँदै आएकाे आश्रम एक गैरनाफामूलक सामाजिक संस्था हाे ।













Discussion about this post