मंगलसेन ६ मा पनि छाउगोठ भत्काउन थालियो

57
SHARES
317
VIEWS

निराजन भण्डारी । मंगलसेन नगरपालिका वडा नम्बर ६ मा पनि छाउगोठ भत्काउन थालिएको छ । जिल्लाभरी छाउगोठ भत्काउने अभियान चलिरहेको बेला मंगलसेन ६ ले यो अभियानलाई तिब्रता दिएको हो । मंगलबार वडाका विभिन्न टोलमा खटिएको प्रहरी,जनप्रतिनिधि,शिक्षक,पत्रकारको टोलीले १ वटा मात्र छाउगोठ भत्काएको कार्यबाहक वडा अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।जिल्लाका अन्य ठाउँको तुलनामा वडा नम्बर ६ मा छाउगोठको संख्या न्युन रहेको बताउँदै भण्डारीले यहाँका अभिभावक र महिलाहरु जागरुप भइसकेको बताउनुभयो ।छाउगोठ भत्काउनुका साथै छाउगोठ प्रयोग नगर्नका लागि स्थानीय बासिन्दाहरूलाई जनचेतना फैलाएको वडा सदस्य जन्मराज भण्डारीले जानकारी दिनुभएको छ ।

छाउगोठ भत्काएर मात्र नहुने बताउँदै गँगा माध्यामिक विद्यालयका प्रधानाध्यापक मोतीराम भण्डारीले जनचेतना फैलाएर भएपनि मनको गोठ भत्काउन आवश्यक रहेको बताउनुभयो । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलामा महिनावारी भएको समयमा त्रिपाल टागेर सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्दा २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका ६ कि ७ वर्षीय बालिका कविता भण्डारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय अछामले यो अभियान फेरी तिब्रता दिन निर्देशन दिएको थियो। यतिबेला जिल्लाका विभिन्न स्थानीय तहमा छाउगोठ भत्काउने अभियान धमाधम चलिहरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार