अछाममा भाइरल ज्वरोका विरामीहरु ह्वात्तै बढे 

8
SHARES
46
VIEWS

टेक बहादुर थापा । अछाममा भाइरल ज्वरोको सङ्क्रमण बढेको छ ।गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप पनि बढेको छ । ज्वरो आएर गाउँघरको स्वास्थ्य संस्थामाबाट औषधी खादा पनि ठिक नभएपछि जिल्ला अस्पतालमा आउने विरामीहरुको संख्या ह्वात्तै बढेको हो । भाइरल ज्वरोका बिरामीको चाप बढेपछि अस्पतालमा बेडको पनि अभाव हुन थालेको छ ।सोमबार इमर्जेन्सी वार्डमा बेड अपुग हुँदा बेन्च राखेर बिरामीको उपचार थालिएको जिल्ला अस्पताल अछामका डाक्टर कृष्ण सोडारीले बताउनुभएको छ ।

एक महिना देखि भाइरल ज्वारोका विरामीहरु ह्वात्तै बढेका छन यसमा पनि अझै डेंगो र स्क्रब टाइफसका विरामीहरु पनि बढी आउने गरेको डाक्टर सोडारीले जानकारी दिनुभएको छ । पछिल्लो केही दिन यता अस्पतालमा प्रत्येक दिन २ सयको हाराहारीमा भाइरल ज्वरोका बिरामी उपचार गर्न आउने गरेको अस्पताले जनाएको छ ।

जिल्ला अस्पताल अछाम संगै प्रादेशिक अस्पताल बयालपाटामा पनि भाइरल ज्वरोका विरामीहरुको संख्या बढेको अस्पतालले जनाएको छ । गाउँघरमा रहेका स्वास्थ्य चौकी देखि जिल्ला अस्पताल र बयालपाटा अस्पतालमा विरामीहरुको चाप निकै बढेको पाईएको छ । यस्तो बेला घरपरिवारले विरामीको राम्रो संग रेखदेख गरेमा र विरामीले पनि खान पिनमा ध्यान दिएमा ज्वरो चाडो निको पार्न सकिने डाक्टर बन्दना पाण्डेले बताउनुभयो ।

अहिले भाइरल ज्वरो सबैभन्दा बढी फैलिएको हुदा मौसम परिवर्तन भएसंगै अधिकांशमा ज्वरो आउने भएकाले यसबाट बुढापाका र बालिबालिका बढि प्रभावित भएको बताउनुभएको छ । डाक्टर पाण्डेले ज्वरो आउने बित्तिकै आत्तीहाल्न नहुने,कडा औषधी खान नहुने तर ज्वरो कन्ट्रोल नभए स्वास्थ्य संस्थामा जानुपर्ने सुझाव दिनुभएको छ ।

यस्तै बालरोग विषेशज्ञ डाक्टर अर्चना नेपालले यो भाइरल बाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित हुने हुदा घरका अभिभावकले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ । यो बेला प्राय सबैलाई ज्वरो आउने भएकाले घरमा पनि राम्रो हेरचाहा गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार