मंगलसेन नगरपालिका वडा न ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीले महिनावारी भएको बेला ढुंगाले लागेर एक महिला र एक बालिकाको ज्यानजानेगरि भएको घट्नाप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ । पंञ्चदेवल विनायक नगरपालिका वडा न ८ बारलामा शुक्रबार राती भएको उक्त घट्नामा परि सोही वडा निवासी २८ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की ७ वर्षीया कविता भण्डारीको ज्यान गएको थियो भने मङ्गलसेन–६ की रत्नकला भण्डारी घाइते हुनुभएको थियो ।
महिनावारी भएको बेला पालटागेर बसेका महिला र बालिकाको ज्यान गएको र एक महिला गम्भिर घाइते हुनुले सिंगो देशलाई चिन्तीत बनाएको भन्दै अध्यक्ष भण्डारीले मृतकको चिरशान्तीको कामना गर्दै घाइते भण्डारीको सिघ्र स्वास्थ्य लाभको कामान गर्नुभएको छ । यस्ता घट्नाले जिल्ला नै बदनामीत हुन पुगेकाले यस्ता कुरीतिको अनत्यका लागि सबैले हातेमालो गर्नुपर्ने अध्यक्ष भण्डारीको भनाई छ ।
अध्यक्ष भण्डारीले आफ्नै वडाकी बालिकाको ज्यान गएको र उनै बालिकाको आमा गम्भिर घाइते हुनु भएकाले अब वडामा छाउपडी प्रथा मान्य गलत संस्कारका विरुद्ध अभियान संचालन गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । अध्यक्ष भणडारीले घाइते भण्डारीको उपचार प्रादेशीक अस्पताल सुर्खेतमा भईरहेकाले उनको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिदिन सहयोगी मनहरुलाई आग्रह समेत गर्नुभएको छ ।













Discussion about this post