अछाममा एक जना मृत भेटिए : पहिचान हुन बाँकी

89
SHARES
493
VIEWS

अछाममा एक जना मृत फेला परेका छन । जिल्लाकाे मंगलसेन नगरपालिका वडा नम्बर ३ को चित्रेमा बेवारिसे अवस्थामा शव फेला परेको हाे । चित्रेको पक्कीपुल भन्दा करिब ३ सय मिटर तल पहिचान हुन नसक्ने शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बुढीगंगा र कैलाश खोलाले बगाएर ल्याएको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र हेर्दा महिलाको जस्तो देखिने शव फेला परेको अछामका प्रहरी प्रमुख ओमप्रकाश खनालले बताउनुभयो ।

प्रहरी टोली शव फेला परेको स्थलमा पुगीसकेको मंगलसेन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बृख बहादुर बोगटीले जानकारी दिनुभएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार