टेक बहादुर थापा । मंगलसेन नगरपालिका द्धारा संचालित सुरक्षित आवास गृह (सेफहाउस) थप व्यवस्थित ढंगले संचालन गर्ने निर्णय भएको छ । नगरपालिकाले शुक्रबार मंगलसेनमा आयोजना गरेको बैठकमा सेफहाउसले हाल सम्म राम्रो काम गरेको भन्दै यसलाई थप व्यवस्थित बनाउनुपर्ने देखिएको हुदा यसको दिगो व्यवस्थापनका लागि मंगलसेन ३ को कुटी क्षेत्रमा सार्ने र त्यसका लागि आवश्यक प्रकृया अघि बढाउने निर्णय गरेको छ । नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा सम्पन्न बैठकले सेफहाउसको गुनासो सुनुवाइ समयन्त्रका लागि नगरपालिको अनलाइन पोर्टलमा सेफ हाउस संग सम्बन्धित सुचना देखिनेगरि राख्नुका साथै गुनासो व्यवस्थापन समयन्त्रको निर्देशिका तयारगरि संचालनका लागि अनुरोध गर्ने निर्णय समेत गरेको महिला बालबालिका तथा जेष्ठ नागरिकशाखा प्रमुख मञ्जु महतले बताउनुभयो ।
बैठकमा नगर प्रमुख पदम बहादुर बोहराले विगत देखी यसको नेतृत्व मंगलसेन नगरपालिकाले गरेको हुदा यसलाई अब थप व्यवस्थित ढंगबाट संचालन गर्नका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सेफहाउस संचालनमा थप सहजता प्रदान गर्ने युएनी एपीए र साथी संस्थालाई धन्यवाद दिदै आगामी दिनमा थप व्यवस्थित बनाउनका लागि जिल्लाका अन्य पालिकाहरु संग पनि आफु निरन्तर समन्वयमा रहेको नगर प्रमुख बोहराको भनाई छ ।
बैठकमा सुझाव सहितको मन्तव्य राख्दै अछामका प्रमुखजिल्ला अधिकारी आनन्द सारुले हालसम्म राम्रो काम गदै आएको सेफ हाउसलाई अझ व्यवस्थित बनाएर लैजानुपर्नेमा जोडदिनुभएको छ । गुणस्तरिय सेवा अहिलेको आवश्यक्ता भएको हुदा सेवा गुणस्तरका लागि कञ्जुसाई गर्न नहुने प्रमुखजिल्ला अधिकारी सारुको भनाई थियो । नगर लगायत दातृ निकायहरुले पनि पहल गर्नुपर्ने र जिल्ला प्रशासन कार्यालय अछामको तर्फबाट सधै सहयोग रहने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।
जिल्ला समन्वय समिति अछामका उप प्रमुख दानमती शाहीले सेफहाउस जस्तो संस्था नगरपालिका बाहेक अरु निकायले संचालन गर्न नसक्ने बताउनुभयो । मंगलसेन नगरपालिकाले विगत देखिनै संचालन गर्दै आएको यो संस्थालाई आगामी दिनमा थप राम्रो बनाएर लैजानुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट सधै सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाउनु भएको थियो ।
बैठकमा अछामका प्रहरी प्रमुख ओमप्रकाश खनाल, मंगलसेन नगरपालिका वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, मंगलसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, जिल्ला अस्पताल अछामका डाक्टर कृष्ण सोडारी, जनस्वास्थ्य निरिक्षक भुमिनन्द ढुंगाना लगायत सरोकारवालाको सहभागिता रहेको थियो । बैठकको सहजिकरण युएन एप्पीएका भरत गोतामे र साथी संस्थाका कार्यक्रम संयोजक पलिता थापाले गर्नुभएको थियो ।













Discussion about this post