अछाममा छाउपडी (महिनावारी) बारेर त्रिपालमा बसेकी एक युवतीको ढुङ्गाले लागेर मृत्यु भएको छ । उहाँ सङ्गै एक बालिकाको पनि मृत्यु भएको छ । जिल्लाको पन्चदेवल विनायक नगरपालिका ८ बरालामा ढुङ्गा खस्दा २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका ६ कि ७ वर्षीय वालिका कविता भण्डारीको ज्यान गएको अछाम प्रहरी प्रमुख डिएसपी ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
यस्तै मङ्गलसेन नगरपालिका ६ कि रत्नकला भण्डारी घाइते हुनुभएको छ । उहाँको टाउकोमा गम्भीर चोट रहेको भन्दै उपचारका लागि नेपालगन्ज लिने तयारी गरिएको छ ।गए राती स्थानीय चुरकुली भन्ने स्थानमा महिनावारी भएको भन्दै घरको आँगनमा त्रीपाल मुनि सुतेका तीन जनालाई माथिबाट आएको ढुङ्गा लागेको हो । घटनास्थलमा प्रहरी पुगेको छ ।
अछाममा हिजो देखी निरन्तर पानी परिरहेको छ । अछाममा छाउगोठ भत्काउँदा महिनावारी भएकी महिलाहरू त्रीपाल मुनि र ओडारमा बस्न थालेका छन् । पहाड खबर













Discussion about this post