निराजन भण्डारी । स्वास्थ्य जस्तो संवेदनशिल बिषयमा नगरपालिकाले चासो नदेखाएको भन्दै कमलबजार नगरपालिका वडा नम्बर ७ का नागरिकहरु आक्रोशित भएका छन । गाउँमा स्टेचरमा यो बर्खायामको समयमा बिरामीलाई बोकेर अस्पताल लैजानु पर्ने बाध्यता रहेको तर यस बिषयमा पालिका सरकारले चासो नदेखाएको यहाँका स्थानीयहरुले गुनासो गरेका छन ।
स्थानीय सरकार सँग करोडौ बजेटका गाडी छन तर गाउँमा बिरामी हुँदा अस्पताल लैजान बोलाउदा नगरपालिकाले वेवास्था गर्ने गरेको स्थानीय लबराज अधिकारीले बताउनुभयो । गाउँमा नागरिक बिरामी हुँदा गुहार माग्दा पनि पालिकाले वेवास्था गर्नुले पनि नागरिकको रक्षाका लागि स्थानीय सरकार गम्भिर नरहेको अधिकारीको बुझाइ रहेको छ ।
सोमबार कमलबजार नगरपालिका वडा नम्बर ७ का ८० बर्षका शिवलाल अधिकारी एक्कासी बिरामी हुँदा अस्पताल लिन पालिकालाई गुहार गरेको तर पाकिलाले सुनुवाइ नगरेको भन्दै गाउँकै युवाहरुले अधिकारीलाई स्टेचरमै बोकेर अस्पताल पुर्याएका छन । नजिकको सरकार भनेको स्थानीय सरकार हो तर यहाँको सरकार नागरिकको समस्याबाट पछाडि हट्ने गरेको छ ।स्थानीय तहका जनप्रतिनिधिको बेवास्ताका कारण पनि यो क्षेत्रमा सहज सडक सञ्जाल,स्वास्थ्य उपचारमा पहँच पुग्न नसकेको यहाँका स्थानीयहरुको बताएका छन ।













Discussion about this post