टेक बहादुर थापा । सामाजिक विकास कार्यालय अछामको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यक्रमको प्रवोधिकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यालय प्रमुख डम्बर बहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारु प्रमुख अतिथि रहनुभएको थियो ।
उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय अछाम बाट जिल्लामा भएका गतिविधिको बारेमा जानकारी गराउनुका साथै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराईएको थियो ।
सोही अवसरमा आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा सरोकारवालाको सुझाव समेत संकलन गरिएको कार्यालयले जनाएको छ । कार्यक्रममा सहभागि अधिकांश सरोकारवालाहरुले सामाजिक विकास कार्यालय अछामले जिल्लामा सिमित स्रोत साधनका बाबजुदपनी राम्रो काम गरेको भन्दै आगामी दिनमा स्थानीय सरकार संग समन्वय र सहकार्य गर्दै अघि बढ्न सुझाव दिएका थिए ।
प्रवोधिकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अछामका प्रमुखजिल्ला अधिकारी आनन्द सारुले सामाजिक विकास कार्यालयले राम्रो कामको सुरुवात गरेको बताउनुभयो । यस्ता कार्यक्रमले संस्थालाई आगामी दिनमा थप प्रभावकारी कामगर्न पृष्ठपोषण प्राप्त हुनुभएकाले यस्ता रचनात्मक गतिविधिलाई अघि बढाउन सुझाव समेत दिनुभएको छ । सामाजिक विकास कार्यालय सामाजिक क्षेत्रमा बढी काम गर्ने भएकाले अछाम जिल्लामा बढ्दो आत्महत्याका घट्नालाई न्युनिकरण गर्न गम्भिर बन्नुपर्नेमा जोड दिनुभएको छ । स्थानीय सरकार र सामाजिक विकास कार्यालय अछामले अरु सरोकारवाला संग समन्वय गर्दै यस्ताघट्नाहरु न्युनिकरण गर्न सकिने उहाको भनाई छ ।
कार्यक्रममा ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाही,अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धु्रब कुमार शाही, कमलबजार नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाही लगायतले सुझाव सहितको मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अछाम जिल्लाका १० वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख,वडा अध्यक्ष लगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।













Discussion about this post