गँगा माविमा तीज विशेष कार्यक्रम सम्पन्न

16
SHARES
91
VIEWS

निराजन भण्डारी । मंगलसेन नगरपालिका वडा नम्बर ६ मा रहेको गँगा माध्यामिक विद्यालयमा हरितालिका तीजको अवसरमा तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक मोतीराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको तीज नृत्य प्रतियोगितामा विद्यालयमा विभाजित ४ सदनका विद्यार्थीहरुको सहभागिता रहेको थियो । शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत नेपाली तीजका गीतहरुमा विद्यार्थीहरुले आ–आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

तीज नृत्य प्रतियोगितामा प्रथम सुरैकोट सदन,द्धितिय मालिका सदन,तृतिय,कालिका सदन र शान्तवना रामारोशन सदनबाट सहभागी विद्यार्थी भएका थिए । प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र शान्तवना स्थान हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कार वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ । कार्यक्रममा विद्यालयका शिक्षक,विद्यार्थी लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक विक्रम सिंह बिष्टले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार