अछाममा राष्ट्रिय परिचयपत्र बनाउन हिडेका बृद्धको ढलेर मृत्यु

25
SHARES
141
VIEWS

अछाममा राष्ट्रिय परिचयपत्र बनाउन हिडेका बृद्धको ढलेर मृत्यु भएको छ । मंगलबार तुर्माखाँद गाउँपालिका ३ लकान्द्राका ७३ बर्षिय मनहरे कामि राष्ट्रिय परिचयपत्र बनाउन आउने क्रममा ढलेर मृत्यु भएको हो। मंगलबार विहान घरबाट राष्ट्रिय परिचयपत्र बनाउनको लागि कमलबजार नगरपालिकामा रहेको दर्ता स्टेशन आउदै गर्दा कमलबजार नगरपालिका २ कालापोखरा स्थित रहेको नगरपालिकाको ग्राउन्डमा हिड्दाहिड्दै एक्कासी ढलेका थिए ।

स्थानीयहरूले तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार लगेको र मध्याह्न १२ः३५ बजे डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अछाम जस्ता दुर्गम क्षेत्रका जेष्ठ नागरिक अगाङ्गता भएकाहरुले सास्ती खेप्नुपरेको छ ।निराकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार