मंगलसेन ६ का स्थानीयद्धारा सडक मर्मत

27
SHARES
148
VIEWS

निराजन भण्डारी । मंगलसेन नगरपालिका वडा नम्बर ६ का स्थानीयहरुको सक्रियतामा बर्षाका कारणले बिग्रेको सडक मर्मत गरिएको छ ।वडा कार्यालय देखि डाँडारान सम्मको करिब २ किलोमिटर सडक मर्मत गरिएको हो ।बर्षाको भलका कारणले गर्दा ठाउँ–ठाउँमा अत्यधिक खाल्डा खुल्डी पर्दा मानिसलाई हिडडुल गर्न र यातायातका साधनमा यात्रा गर्न अप्ठयारो भएको भन्दै स्थानीयहरुले बिग्रेको सडक मर्मत गरेका हुन ।

सडक खण्डको फुर्केसल्ला,रतवड,सिस्नेडी तल्लो डाँडारान लगायतका स्थानमा ढुंगाको ग्रावेल गरिएको छ ।स्थानीय युवाहरुले सामाजिक अभियान सञ्चालन गरी मर्मत गरेको सडकमा करिव १ लाख ५० हजार बराबरको श्रमदान भएको सामाजिक अभियान सञ्चालन समितिका संयोजक शिवराज भण्डारीले जानकारी दिनुभयो ।

सामाजिक अभियानले स्थानीय समस्या समाधान सहित सशक्तिकरण सहितको जागरुप्ता हुनुका साथै विकास निर्माणमा समेत टेवा पुग्ने मंगलसेन नगरपालिका वडा नम्बर ६ का निर्वतमान वडा अध्यक्ष जनकराज भण्डारीले बताउनुभयो ।समाजमा यस्तै खालका रचनात्मक अभियान सञ्चालन गरी समाज निर्माणमा सबैले लाग्नुपर्ने तत्कालीन जनाली बण्डाली गाविसका अध्यक्ष समाजसेवी प्रभुनाथ भण्डारीले बताउनुभएको छ ।समाजका सबै मिलेर समाजलाई रचनात्मक कार्य गर्न प्रेरित गर्न सबै एकजुट भए लाग्नुपर्ने मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा देवेन्द्र प्रसाद भण्डारीले बताउनुभयो ।सडक मर्मत कार्यमा स्थानीय जनप्रतिनिधि,शिक्षक,समाजसेवी,युवाहरुको सहभागीता रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार