अछाममा २ हजार २ सय ५८ जना विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सामेल हुदै

6
SHARES
33
VIEWS

निराजन भण्डारी । श्रावण २९ अर्थात भोली देखि सुरु हुने एसईई ग्रेडवृद्धि परीक्षा सञ्चालनका लागि अछाम जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाई अछामले परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको हो। यस बर्षको एसईई ग्रेडवृद्धि परिक्षामा अछाम जिल्लाबाट ९ सय १९ छात्र तथा १ हजार ३ सय ३९ जना छात्रा गरी जम्मा २ हजार २ सय ५८ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई अछामका सुचना अधिकारी सुरेन्द्र बजगाईँले जानकारी दिनुभएको छ ।

जिल्लामा २ हजार ५ सय १४ जना ननग्रेड विद्यार्थी भएपनि परिक्षाको लागि २ हजार २ सय ५८ जना विद्यार्थीले मात्र फारम भरेको सुचना अधिकारी बजगाईँले बताउनुभएको छ ।जिल्लामा परिक्षा सञ्चालनको लागि ९ वटा परिक्षा केन्द्र तोकिएका छन ।

जाल्पा देवी मावि ढाँकु,बिद्यामन्दीर मावि विनायक,नेपाल राष्ट्रिय मावि चाफामाण्डौ,यशोदा मावि नेटाकोट,कालिकेश्वरी मावि तुर्माखाँद,राधा मावि बोगटीगाउँ,षोडशा देवी मावि मंगलसैन,जनकल्याण मावि साँफेबगर र सूर्यचन्द्र मावि कालीमाटीलाई परीक्षा केन्द्र तोकिएको छ ।पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुने छ ।

परिक्षालाई व्यवस्थित,मर्यादित,निष्पक्ष,भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलाई शिक्षा विकास तथा समन्वय इकाई अछामले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार