निराजन भण्डारी । मंगलसेन नगरपालिका वडा नम्बर ६ मा रहेको मालिका मन्दिरमा पुजापाठ कार्यक्रम सम्पन्न भएको छ । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित मालिका मन्दिरमा बिहिबार रुद्रीपाठ गरिएको थियो भने आज पुजाआजा सहित मेला सम्पन्न भएको हो । अछाम जिल्लाका विभिन्न ठाउँबाट आएर दर्शनार्थीहरुले दर्शन गरेका छन । मन्दिरमा करिब ८ सय भन्दा बढी दर्शनार्थीहरुले दर्शन गरेको पुजारी टंक प्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।
मंगलसेन नगरपालिकाकै प्रसिद्ध मानिने मालिका मन्दिरमा देवीको दर्शन गरी वर माग्दा आफ्नो मनोकाङक्षा पूरा हुने धार्मिक विश्वास रहेको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष जनकराज भण्डारीले बताउनुभएको छ । प्रत्येक वर्ष साउन शुक्ल चतुर्दशीको अबसरमा मालिका मन्दिरमा विशेष पुजापाठ कार्यक्रम हुने गरेको र मालिका मन्दिरको अवलोकन र मनोरञ्जनको लागि मानिसहरु यहाँ आउने गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । मालिकाको दर्शन गर्न छिमेकी जिल्ला र पालिकाका विभिन्न स्थानबाट मानिसहरु आउने गरेकाले यसको महत्व बढदै गएको भण्डारी बताउनुभयो ।













Discussion about this post