मंगलसेन नगरपालिका वडा नम्बर ५ मा रहेको एभरेष्ट ईन्स्टिच्युट अफ टेक्नोलोजीले एसईई ग्रेडवृद्धि परिक्षामा सहभागी हुने विद्यार्थीहरुको बिदाई गरेको छ ।एभरेष्ट ईन्स्टिच्युट अफ टेक्नोलोजीका संचालक दिपेन्द्र जैगडीको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक धन कुमार केसी,शिवराज ढुंगाना,लक्ष्मण रेग्मी,पहल बोगटी,शिक्षिका विपना भट्ट केसी लगायतले शिक्षकहरुल शुभकामना मन्तव्य राख्नुभएको थियो । एभरेष्ट ईन्स्टिच्युट अफ टेक्नोलोजीले शिक्षकहरुलाई मायाको चिनो हस्तान्तरण गरेको थियो भने विद्यार्थीहरुले टिउसन पढ्नलाई मंगलसेनमा खोजौँ,पढ्नलाई एभरेष्ट भन्दै मायाको चिनो हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै एभरेष्ट ईन्स्टिच्युट अफ टेक्नोलोजीका संचालक जैगडीले एसईई ग्रेडवृद्धि परिक्षामा सहभागी विद्यार्थीलेलाई परिक्षाको शुभकामना दिदै सतप्रतिशत नतिजा ल्याउने अपेक्षा समेत गर्नुभएको छ ।यो बर्ष पनि टुहुरा,असाहय,जेहेन्दार,गरीब विद्यार्थीहरुमध्ये ८ जनालाई सतप्रतिशत निशुल्क,१३ जनालाई ५० प्रतिशत छुट सहित पढाएको जैगडीले जानकारी दिनुभएको छ ।
छिमेकी जिल्ला डोटीबाट ५ जना र दैलेखबाट ३ जना विद्यार्थी टिउसन पढ्न अछाम जिल्ला आउनुले एभरेष्ट ईन्स्टिच्युट अफ टेक्नोलोजी सर्वोकृष्ट टिउसन सेन्टर भएको बताउनु भएको छ । हाल एभरेष्ट ईन्स्टिच्युट अफ टेक्नोलोजीले टिउसनका कक्षा,कम्प्युटर कक्षाहरुका साथै अंग्रेजी भाषाका कक्षाहरुसमेत संचालन गरिएको बताइएको छ ।कार्यक्रमको संचालन एभरेष्ट ईन्स्टिच्युट अफ टेक्नोलोजीका अग्रेजी शिक्षक खेम जैगडीले गर्नु भएको थियो ।













Discussion about this post