बाेक्सडा भन्थान खानेपानी याेजनाकाे सार्वजनिक लेखा परिक्षण सम्पन्न

16
SHARES
88
VIEWS

‎टेकराज भण्डारी,‎बाेक्सडा भन्थान खानेपानी तथा सरसफाइ याेजनाकाे सार्वजनिक लेखापरीक्षण तथा प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ । याेजना समितिका अध्यक्ष नन्दाराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा सदस्य जन्मराज भण्डारी रहनुभएकाे थियाे । कार्यक्रममा याेजना अन्तर्गत दलित घरधुरी ६ र अन्य ८१ गरि ८७ घरधुरीमा चाङसहित ९१ वटा धारा निर्माण सम्पन्न भएको जानकारी गराईयाे । यस्तै गंगा मावि र मनकामना बालविकास केन्द्रमा पनि खानेपानी धारा निर्माण गरिएका छन् ।
‎मंगलसेन नगरपालिका र हेल्भेटास नेपालकाे आर्थिक सहयोग तथा रुडेक नेपालकाे सहजीकरणमा याेजना सम्पन्न भएको हाे ।
‎याेजनामा हेल्भेटास नेपालकाे २९ लाख ३९ हजार ८ सय ५५ रुपैयाँ ४२ पैसा, मंगलसेन नगरपालिकाकाे १६ लाख ५४ हजार ३ सय ५ रुपैयाँ ८९ पैसा तथा उपभोक्ताकाे जनश्रमदान १६ लाख १ हजार १ सय ५७ रुपैयाँ १३ पैँसा गरि ६१ लाख ९५ हजार ३ सय १८ रुपैयाँ खर्च भएको छ । मुहानदेखि ट्याङ्कीसम्म ४ हजार ३० मिटर पाईप, र वितरण लाईनमा २ हजार ४ सय ८५ मिटर पाईप प्रयाेग गरिएको छ ।
‎कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य जन्मराज भण्डारीले आफुहरुले विगतमा एकघर एक धाराकाे याेजना अघि सारेकाे र याेजनाले उपभोक्तालाई ठुलाे राहत पुगेको बताउनुभयो । आगामी दिनमा वडाका अन्य टाेलमा पनि एकघर एकधाराकाे याेजनाका लागि पहल गर्ने बताउनु भयाे ।
‎कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सेतिराम भण्डारीले आगामी दिनमा याेजनाकाे दिगाेपनाका लागि साझेदार निकायले सहयाेग गरिररहनुपर्ने र उपभोक्ता पनि सचेत हुनुपर्ने बताउनु भयाे ।
‎उपभाेक्ताले खानेपानी निर्माण भए पछि अहिले सहज भएको तर धाराका टुटी बिग्रने समस्या रहेको बताएका थिए ।
‎कार्यक्रममा वडा सदस्य सरिता भण्डारी, जैसरा नेपाली, नेकपा एमालेका वडा कमिटी अध्यक्ष राम प्रसाद भण्डारी हेलेभेटास नेपालका फिल्ड प्राविधिक प्रेम रेश्मी, रुडेक नेपालका कार्यक्रम संयाेजक टंक बाेहरा, बरिस्ठ प्राविधिक सहजकर्ता फर्सुराम घिमिरे, फिल्ड प्राविधिक सहजकर्ता तिलक बिसी लगायतको सहभागीता रहेकाे थियाे ।
‎कार्यक्रममा हालसम्म भएका गतिविधिकाे जानकारी गराईएकाे थियाे । हरेक महिना २० युनिट अर्थात् २० हजार लिटर खानेपानी खपत गरेमा न्यूनतम १२५ रुपैयाँ शुल्क लाग्ने जानकारी गराईएकाे थियाे ।
‎कार्यक्रमकाे संचालन याेजनाका सचिव चन्द्रप्रसाद भण्डारीले गर्नुभएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार