अछाममा चितुवाको आक्रमण बाट एक युवक गम्भिर घाइते भएका छन । जिल्लाको ढकारी गाउँपालिका वडा न ४ का ४९ वर्षिय धर्म सिंह थापा शनिबार दिउसो ३ बजे चितुवाको आक्रमण बाट घाइते हुनुभएको हो ।
दाउनामोरामा रहेको ससुराली गाउँबाट आफ्नो घर भिरमुड फर्किनेक्रममा सोही ठाउको बसन्त सामुदायिक वनको बुकखोला भन्ने ठाउमा चितुवाले थापालाई आक्रमण गरेको थियो ।
चितुवाको आक्रमण बाट थापाको दुइवटै गालामा गहिरो चोट छ भने बायाँ हात सहित शरिरका अन्य भागमा पनि चोट लागेको स्थानीय टंक प्रसाद रिमालले जानकारी दिनुभएको छ ।
घाइते थापाको जिल्ला अस्पताल अछाममा उपचार भईरहेको छ । दिउसोको समयमा चितुवाले मान्छेलाई आक्रमण गरेपछी स्थानीयमा त्रास फैलिएको छ ।














Discussion about this post