निराजन भण्डारी । अछाम जिल्लामा बँदेलले आतङक मच्चाउन थालेको छ ।किसानहरुले दुख गरेर लगाएको मकै बारीमा बँदेलले आतङक मच्चाउन थालेको हो । मकैको घोगा लाग्ने समयमा बँदेलले खाएर सखाप पार्न थालेपछि यहाँका किसान चिन्तामा रहेका छन । पछिल्लो केही दिन यता जिल्लाको कमलबजार,मंगलसेन,पञ्चदेवल विनायक नगरपालिका विभिन्न ठाउँमा बँदेलले आतङक मच्चाउन थालेको छ । यता मंगलसेन नगरपालिका वडा नम्बर ६ मा पनि किसानले लगाएको मकै बारी बँदेलले खाएर सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन ।
वडाको डाँडागाउँ टोलमा बँदेलले मकै खान थालेको स्थानीय मदन प्रसाद भण्डारी बताउनुभएको छ । रातभरी जाग्राम बस्दा पनि मकैबारी जोगाउन नसकिएको बताउँदै भण्डारीले मकै बारी जोगाउन चुनौती थपिएको दुखेसो पोख्नुभयो ।बँदेलले मकै सखाप पार्न थालेको दुखेसो पोख्दै भण्डारी सम्बन्धित निकायले राहत सहित जङ्गली जनावरको नियन्त्रण गर्न केही विकल्प किसानहरुलाई दिनुपर्ने माग गर्नुभएको छ । यति बेला प्राय धेरै जसो ठाउँका किसान मकैबारी जोगाउन रातदिन जङ्गली जनावरको कोठालो लाग्नुपर्ने बाध्यता रहेको छ । जङ्गली जनावरको कोठालो लाग्ने किसानलाई कतै आफु माथि आक्रमण हुन्छ कि भन्ने डरले पनि सताएको छ ।













Discussion about this post