धामी,पूजारी संगको अभिमुखीकरण कार्यक्रम कमलबजारमा सम्पन्न

8
SHARES
47
VIEWS

टेक बहादुर थापा  । अछामको कमलबजार नगरपालिकामा रहेका धामी, पूजारी र फुलपातेहरुका लागि आयोजना गरिएको दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । हाम्रो समुदायमा समस्याकै रुमपा रहेको बालविवाह, छाउपडी प्रथा जस्ता सामाजिक कुरीतिका विरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । गाउँघरमा अहिले पनि किशोरी तथा युवतीहरुमाथी बालविवाह, छाउपडी प्रथाका नाममा विभिन्न किसिमका हिंसाहरु भईरहेकाले यस्ता समस्या अन्त्य गर्न धार्मिक व्यक्तिहरुलाई परिचालन गर्नु यो अभिमुखीकरण कार्यक्रमको अर्को उदेश्य रहेको वाक नेपालले जनाएको छ । सोमबार र मंगलबार गरि दुईदिन संचालन भएको कार्यक्रममा पालिकामा रहेका १० वटै वडाका ६० जना धामी,पूजारी तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा सहभागि धार्मिक व्यक्तिहरुले पालिकामा रहेका सबै धार्मिक व्यक्तिहरुलाई एकैठाउमा भेलागराई सामाजिक कुरीतिका विरुद्ध बोल्ने वातावरण तय गर्नुभएकोमा किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोगी वातावरण परियोजनालाई धन्यावाद दिदै हाम्रो गाउँघरमा समस्याकै रुपमा रहेका बालविवाह, छाउपडीप्रथा अन्त्यका लागि आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । यो परियोजनाको उदेश्य राम्रो रहेकाले धार्मिक व्यक्तिहरु संगै विद्यालय स्तरमा पनि यस्तै सचेतनामुलक कार्यक्रम लैजान सुझाव दिएका छन ।

विद्यालयमा समुदायमा रहेका सबै किशोरीहरुको सहभागिता रहने भएकाले विद्यालय लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजान आग्रह गरेका छन । पछिल्लो समयमा यस्ता सामाजिक समस्याको अन्त्यका लागि सरकार सहित अन्य संघ संस्थाले तालिम गोष्ठिको आयोजना गर्ने तर त्यसबाट परिणम राम्रो नआउने समस्या देखिएकाले यस्ता गतिविधिलाई प्रभावकारी बनाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

यो कार्यक्रममा पनि राज्यको कुनै न कुनै रुपमा लगानी भएको हुदा लगानी अनुसारको परिणम दिन आवश्यक रहेको उनीहरुको भनाईथियो । कार्यक्रममा पालिकामा बालविवाह र छाउपडी प्रथाको अवस्था, यसले व्यक्ति तथा समुदायमा पार्ने नकरात्मक असरका विषयमा गम्भिर रुपमा छलफल भएको थियो । अभिमुखीकरण कार्यक्रमको सहजिरकण किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोगी वातावरण परियोजना कार्यक्रम संयोजक जिराजन चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन वाक नेपालद्धारा संचालित सेफगल्र्स परियोजनाका प्रोजेक्ट अफिसर दीपा बमले गर्नुभएको हो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टंक भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार