नेपाल कम्युनिष्ट पार्टी नेकपा अछामले पार्टीको केन्द्रिय उत्पादन नीति अन्तर्गत तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ स्थित भम्केलीमा धान रोपाइ कार्यक्रम सम्पन्न गरेको छ । एक बिघा क्षेत्रफलमा गरिएको उक्त रोपाइ कार्यक्रम पार्टी स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भरत सीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमको नेतृत्व नेकपाका केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज मीना सीले गर्नुभएको थियो।कार्यक्रममा जिल्ला सचिव निरक सी,पार्टीको जिल्ला उत्पादन विभाग प्रमुख तथा तुर्माखाँद इन्चार्ज तिलक सी,वडा नम्बर ८ का वडा अध्यक्ष निरक शाही लगायत स्थानीय पार्टी कार्यकर्ता,जनसाधारण र कृषि प्रेमी नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।धान रोपाइ कार्यक्रमलाई नेकपाको उत्पादनमुखी अभियान अन्तर्गत गाउँस्तरमा गरिएको व्यावहारिक अभ्यासको रूपमा लिइएको छ ।













Discussion about this post