कमलबजार ९ मा बँदेलले मकै खान थालेपछि किसान चिन्तित

11
SHARES
59
VIEWS

निराजन भण्डारी । अछामको कमलबजार नगरपालिका वडा नम्बर ९ मा बँदेलले मकै खान थालेपछि किसान चिन्तित भएका छन ।वडाको पानीमुल टोलका किसानले लगाएको मकै बाली बँदेलले खान थालेको हो । पाक्नै लागेको बारीमा बँदेल पसेर मकै बाली सखाप पार्न थालेको स्थानीय किसान हर्क रावतले बताउनुभएको छ ।दिउँसो सुगा सहितका चराचुरुङ्गी र रातिमा बँदेलले मकैबारी खान थालेको बताउँदै स्थानीय रावतले मकैबारी जोगाउन चुनौती थपिएको दुखेसो पोख्नुभयो ।

रातभरी जाग्राम बस्दा पनि मकैबारी जोगाउन नसकिएको अर्का स्थानीय नन्दराम रावतले बताउनुभयो ।मकैको घोगा लाग्ने बेला रातीमा बँदेलको बथान आएर सखाप पारेपछि गुजारा चलाउन समस्या हुने भन्दै स्थानीय किसान चिन्तामा रहेको रावतले बताउनुभएको छ । किसानले सम्बन्धित निकाय समक्ष राहतको माग गरेका छन भने जङ्गली जनावरको नियन्त्रण गर्न स्थानीय सरकारले केही पहल गर्नुपर्ने माग समेत गरेका छन । अछाम जिल्ला अन्य पालिकाका किसानले लगाएका मकै पनि बँदेलले खान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार