रेडियो गाउँघर र दैनिकी मिडियाको समाचार प्रभाव पदमाले पाइन १ लाख भन्दा बढीको राहत

7
SHARES
37
VIEWS

टेक बहादुर थापा । मंगलसेन नगरपालिका वडा नम्बर १२ बान्नातोली निवासी पदमा नाथको लागि ७० हजार ८ सय ५० नगद र खाद्यान्न सहित ८५ हजार राहत संकलन भएको छ । पदमाको अवस्थाका बारेमा सामाजिक संजालमा भिडियो र रेडियो गाउँघर तथा दैनिकी मिडियाबाट समाचार प्रशारण तथा प्रकाशन भएपछि स्वदेश तथा विदेश बाट सहयोगीमनहरूले सहयोग गर्नुभएको थियोे । ८४ बर्षिय पदमाको लागि अधिकांशले आर्थिक सहयोग गर्नुभएको छ भने केही व्यक्तिहरूले खाद्यान्न तथा कपडाहरू सहयोग गर्नु भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी पदमाको लागि संकलन भएको रकम सार्वजनिक गरिएको हो । पहिलो चरणमा ४५ हजार ८ सय ५० रूपैयाँ हस्तान्तरण गरिएको थियोे भने शुक्रबार २५ हजार नगद सहित १५ हजार बराबरको खाद्यान्न समेत हस्तान्तरण गरिएको रेडियो गाउँघरले जनाएको छ । संकलित रकम र खाद्यान्न सरोकारवालाको सहभागीतामा हस्तान्तरण गरिएको थियोे ।

यसभन्दा अघि सामाजिक विकास कार्यालय अछामले पनि खाद्यान्न र कपडा सहयोग गरेको थियोे । आमाको अवस्थाको बारेमा भिडियो सार्वजनिक भएपछि विभिन्न क्षेत्रबाट रकम संकलन हुदा उहाँको दैनिकमा सहजता आएको छ भने खानबस्न समेत सजिलो भएको उनका आफन्तले बताएका छन । उहालाई दैनिकी चलाउन समेत मुस्किल भईरहेको अवस्थामा सहयोग जुटेपछि अब उहालाई मागेर खानुपर्ने बाध्यता हटेको बताईएको छ । ८४ बर्षिय पदमाले जिल्ला प्रशासन कार्यलय अछामबाट नागरिकता समेत प्राप्त गरिसक्नु भएको छ । पदमा यो श्रावण महिना बाट सामाजिक सुरक्षा भत्ता समेत पाउनुहुने भएको छ । सामाजिक सुरक्षमा भत्ता पाउने भएपछि पदमाको दैनिकी थप सहज हुने कार्यपालिका सदस्य मुगा परियारले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार