टेक बहादुर थापा । अछामको कमलबजार नगरपालिका वडा न ६ मा रहेको कात्यायनी माध्यामिक विद्यालयमा कार्यरत शिक्षक भिम बहादुर शाहीको निधन भएको छ । ४२ वर्षिय शाहीको उपचारको क्रममा बुधबार बिहान प्रादेशिक अस्पताल सुर्खेतमा निधन भएको हो । मंगलबार दिउसो अकस्मात विरामी हुनुभएका शाहीलाई उपचारका लागि जिल्ला अस्पताल अछाममा लिदा थप उपचारका लागि सुर्खेत रेफर गरिएको थियो ।
सुर्खेतमा उपचारको क्रममा शाहीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सोही वडाको हात्तिबाझ घर भएका शाही विगत २४ बर्ष देखी देखी कात्यायनी माध्यामिक विद्यालयमा निमावि तहमा कार्यरत हुनुहुन्थ्यो । मृतक शाहीका श्रीमती २ छोरा र एक छोरी रहेका छन । उहको बिहिवार जनालीरवामा अन्मित दाहसंस्कार गरिने भएको छ । शिक्षक शाहीको निधनले विद्यालय र सिंगो समुदायलाई निकै ठुलो अपुरणीय क्षतिभएको कात्यायनी माध्यामिक विद्यालयका प्रधानाध्यापक टोपेन्द्र कुमार शाहीले बताउनुभयो ।













Discussion about this post