वाइसीएल नेपालको अछाम इन्चार्जमा लाल बहादुर साउद

27
SHARES
148
VIEWS

निराजन भण्डारी । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीएल नेपाल अछामको जिल्ला इन्चार्जको जिम्मेवारी लाल बहादुर साउदलाई दिइएको छ ।वाइसीएल नेपालको केन्द्रिय समितीले कार्य विभाजनलाई टुङ्गेमा पुर्याएसँगै साउदले अछाम जिल्लाको इन्चार्जको जिम्मेवारी पाउनुभएको हो । असार १७ र १८ गते बसेकों केन्द्रिय पदाधिकारी बैठक तथा २० र २१ मा बसेको कार्यालयको बैठक र २४ गते बसेको केन्द्रीय समितिको दोश्रो पूर्ण भर्चुअल बैठकले २७ वटा विभाग सहित,प्रदेश इन्चार्ज,सह–इन्चार्ज र जिल्ला इन्चार्जहरुको टुङ्गो लगाएको हो ।

लामो उतारचढावपछि जिल्ला इन्चार्जको जिम्मेवारी पाउन सफल भएको बताउँदै साउदले सुरुमा जिल्लाबाट प्रतिनिधि नै सिफारिस नगरिए पनि अन्त्तःत राजनीति संम्वादका माध्यमबाट प्रतिनिधि बन्न पुगेको बताउनुभयो । केन्द्रिय सदस्य एंवम जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गर्न सहयोग गर्नुहुने पार्टी एंवम संगठनका नेताहरुलाई धन्यवाद दिदै साउदले आफ्नो विवेक र क्षमताले पुगेसम्म पार्टी,संगठनलाई बलियो बनाउने र युवाहरुलाई श्रम तथा उत्पादन अभियान सँग जोड्नुका साथै विकास निर्माण कार्यमा हुने ढिलासुस्ती,भ्रष्टाचारी र ठगीका विरुद्ध रचनात्मक संघर्ष गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार