निराजन भण्डारी ।४३ औँ विपी स्मृति दिवसका अवसरमा आयोजित विपी कोइराला राष्ट्रियता,लोकतन्त्रता र समाजवाद बिषयक विचार गोष्ठी मंगलसेनमा सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कार्याबाहक सभापति नयाँराम बजगाईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा पुर्व पाटी सभापति भरत स्वार रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्वारले कोईरालाले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको बताउनुभएको छ ।गाउँको विकास,भूमिसुधार र सामन्तवाद अन्त्य गर्न विभिन्न नीतिगत योजना निर्माण र कार्यान्वयन गर्न कोईरालाले महत्वपूर्ण योगदान पुर्याएको बताउँदै स्वारले नेपाली साहित्यका क्षेत्रमा पनि विपीको महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभएको छ । दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा महाधिबेशन प्रतिनिधि पुर्णा शाह, कृष्ण ढकाल,क्षेत्र नम्बर १ का सभापति कृष्ण बहादुर बुढा,जिल्ला समुन्वय समितीका उपप्रमुख दानमती शाही,सदस्य पुर्ण बहादुर रावल,जिल्ला कार्यसमितीका सदस्य जनकराज भण्डारी,राम बहादुर कुँवर मंगलसेन नगरकार्य समितीका कार्यबाहक सभापति हेमराज भण्डारी, साँफेबगर नगरकार्य समितीका सभापति लाल बहादुर कुँवर,तरुण दलका केन्द्रिय सदस्य लक्ष्मी बोगटी जिल्ला सभापति रमेश बिष्ट,नेबिसंघका राम प्रसाद भाट लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
जिल्ला उपसभापति अर्जुन ताम्राकारको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन जिल्ला कार्यसमितीका सचिव गोविन्द बिष्टले गर्नुभएको थियो ।













Discussion about this post