निराजन भण्डारी । तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ रानीबनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको तदर्थ समिति गठन
गरिएको छ । सोमबार भएको वडा भेलाले प्रदीप विकको सभापतित्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । जसको उपसभापतिमा विमलाखर अधिकारी सचिवमा लोकेन्द्र नेपाली,सहसचिवमा कमल न्यौपाने कोषाध्यक्षमा बालसरा विक लगायतका सदस्यहरु चयन भएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी तुर्माखाँद गाउँपालिका सभापति मन बहादुर बयकको प्रमुख आथित्यतामा भएको वडा भेलामा रास्वपाका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । पाटी सभापति रवि लामिछानेको विरुद्ध भएको प्रतिसोधमा जनसर्मथन सहित हस्ताक्षर अभियानमा जोडिन आम सचेत नागरिकलाई रास्वपा अछामले आग्रह समेत गरेको छ । हस्ताक्षर अभियान जारी रहेको जिल्ला सभापति ओमप्रकाश रावलले जानकारी दिनुभयो ।













Discussion about this post