निराजन भण्डारी । मंगलसेन नगरपालिका वडा नम्बर १३ का किसानले लगाएको मकैबाली तथा धानबाली किराले नष्ट गर्न थालेको छ । मकैको घोगा लाग्ने समयमा किराले खाएर नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन । किसानले वडाका विभिन्न टोलमा लगाएका मकै,धान,मास किराले खाँदा क्षति पुगेको स्थानीय धनविर नेपालीले बताउनुभयो । किराले मकै,धान,मासका पात तथा डाँटभित्र पसेर खाने गरेको र त्यसपछि बोटहरु पहेँलो भएर पर्ने समस्या रहेको स्थानीय किसान नेपालीले बताउनुभयो ।
मुख्य खाद्यान्नका रुपमा दुख गरेर लगाएको मकै तथा धानबाली किराले नष्ट गर्न थालेपछि आफु चिन्तित बनेको अर्का स्थानीय किसान जनक थापाले दुखेसो पोख्नुभयो ।दुख गरेर लगाएको अन्नबालीमा कहिले किराले नष्ट गर्ने कहिले जङ्गली जनावरले नष्ट गर्ने गरेको बताउँदै स्थानीय किसान थापाले किसानी काम गरेर खाने वातावरण पनि नरहेको बताउनुभयो । मकै,धान,मासबारीमा लागेको किरा नियन्त्रण गरीदिन स्थानीय किसानहरुले स्थानीय सरकारलाई आग्रह समेत गरेका छन ।













Discussion about this post