तुर्माखाँदले कुल बजेटको आधा शिक्षा क्षेत्रमा खर्च गर्ने

20
SHARES
110
VIEWS

टेक बहादुर थापा । अछामको तुर्माखाँद गाउँपालिकाले कुल बजेटको आधा बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को विनियोजित कुल बजेटको ३८.६७ प्रतिशत बजेट शिक्षा क्षेत्रमा मात्रै विनियोजन गरेको हो । शसर्त बाहेक विनियोजित कुल बजेट १३ करोड १२ लाख ६ हजार ५ सय ६० बाट ५ करोड ७३ लाख ४ हजार रुपैया शिक्षा क्षेत्रका मात्रै विनियोजन गरिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले जानकारी दिनुभएको छ । शिक्षा क्षेत्रमा अहिले पनि विभिन्न किसिमका समस्याहरु रहेकाले त्यी समस्या समाधानका लागि शिक्षा क्षेत्रमा बजेटको दायरा बढाएको अध्यक्ष बिसीले बताउनुभयो ।

आफुले चुनावताका बेलामा पनि शिक्षा क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने छु भनी जनतामाझ प्रतिबद्धता जनाएअनुरुप नै कुल बजेटको आधा बजेट शिक्षा क्षेत्रमै विनियोजन गरिएको बताउनुभयो । अध्यक्ष बिसीले सामाजिक संजालमा लेख्नु भएको छ, शिक्षा क्षेत्रमा बढी भन्दा बढी लगानी गर्नु सरकारको दायित्व हो भने लगानी अनुसारको प्रतिफल निकाल्नु हामी सबैको कर्तव्य हो, त्यसैले तुर्माखाँद गाउँपालिकाको शिक्षा क्षेत्रलाई माथि उठाउन सबैले हातेमालो गर्नुपर्छ ।

सामुदायिक विद्यालयलाई सुधार गर्न पालिकाले सरोकारवाला सबैका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने अवधारण ल्याएको र सोही कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि पनि शिक्षा क्षेत्रको बजेट बढाएको उहाको भनाई छ । संविधान त कक्षा १ देखी ८ सम्मको शिक्षा अनिवार्य तथा निशुल्क भनिएपनी व्यवहारमा त्यो प्रभावकारी नभएको पाईएकाले यसमा सुधार ल्याउनु पनी आफ्नो अर्को उदेश्य रहेको अध्यक्ष बिसीले बताउनुभयो ।

अध्यक्ष बिसीको यो कार्यको अहिले सामाजिक संजालमा प्रशंसा भईरहेको छ । जिल्लाका अधिकांश पालिकाले शिक्षा क्षेत्रको बजेट वर्षेनी घटाउदै गएको अवस्थामा तुर्माखाँद गाउँपालिकाले भने कुल बजेटको आधा बजेट शिक्षा क्षेत्रमा मात्रै खर्च गर्ने भएपछी अध्यक्ष बिसीको चर्चा चुलिएको हो । गाउँपालिकाले विनियोजन गरेको बजेट पालिकाको शिक्षा क्षेत्रमा सुधार ल्याउनकै लागि खर्च गरिने भएको छ । पालिकाको यो कार्य बाट शिक्षा क्षेत्रमा व्यापक सुधार आउने अपेक्षा गरिएको कालिकेश्वरी माध्यामिक विद्यालय तुर्माखादका प्रधानाध्यापक मनिराम बुढाले बताउनुभयो ।

विभिन्न शिर्षक दिएर खर्च गरिने यो बजेट परिणामको आधारमा मात्रै खर्च गरिने पालिकाले जनाएको छ । जस अन्तर्गत विद्यालय क्षेत्र सुधार प्रावि.निमावि र मावि तलव भत्तामा १ करोड, ९२ लखा ३७ हजार, प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय व्यवस्थान कर्मचारी व्यवस्थापन अनुदान १ करोड २६ लाख ३६ हजार, स्थानीय पाठ्यक्रममा आधारित २÷३ पापु सम्बन्धि ९ लाख, पालिका स्तरिय नमुना विद्यालयका लागि १० लाख, बार्षिक परिक्षा संचालनका लागि १५ लाख, विद्यालयहरुलाई परिक्षा संचालन तथा व्यवस्थापन अनुदान २ लाख ५० हजार, सिमान्तकृत दलित, जनजाति,अपांङ्ग बर्गका विद्यार्थिका लागि ३ लाख, स्थानीय शिक्षा ऐन निर्माण र १० वर्षे शिक्षा कार्यक्रमका लागि ३ लाख, एस इइ परिक्षामा उत्कृष्ट जिपिए नतिजा ल्याउने विद्यार्थिहरुलाई पुरस्कार १ लाख, प्राविधिक तथा उच्च शिक्षा अध्यानका लागि छात्रवृर्ति ६ लाख, विन्धेबासनी माविलाई अनुदान ६ लाख दिने भएको छ भने यसैगरि सिकाइ उपलब्धी उत्कृष्ट भएको विद्यालयलाई १ लाख अनुदान समेत दिईने भएको छ ।

प्रधानाध्यापकहरुको बैठक तथा प्रधानाध्यापकको क्षमता अभिवृद्धि र भत्ता थप गर्न ३ लाख, सुत्केरी बिदा सट्टा शिक्षक व्यवस्थापनका लागि २ लाख, प्रधानाध्यापकलाई झोला वितरण ३ लाख, उत्कृष्ट शिक्षक प्रोत्साहन अनुदानका लागि १ लाख ५० हजार गरि पालिकाले विभिन्न २८ वटा शिर्षकमा बजेट खर्च गरिने जनाएको छ । यति मात्र होइन पालिकाले खेल क्षेत्रको विकासका लागि पनि पर्याप्त वजेटको विनियोजन गरेको छ । वडा, पालिका, विद्यालय तथा जिल्ला स्तरिय खेलकुद प्रतियोगिताका लागि ७४ लाख ८० हजार बजेट विनियोजन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार